जंक फुडकाे असर : पाेषण तत्त्वकाे कमीदेखि डिप्रेसनसम्म

अचेलका बालबालिका र किशोरकिशोरीको रोजाइमा घरमा बनाएको खानेकुरा भन्दा बजारमा पाइने तयारी खानेकुरा नै पर्ने गरेको छ। प्याकेटमा बन्द खानेकुरा अर्थात् जंक फुड।
बाहिरबाट हेर्दा आकर्षक प्याकेट, खाँदा जिब्रोलाई लोभ्याउने नुनिलो परिो, अमिलो र गुलियो खानेकुरा रोजाइमा पर्नु अस्वभाभिक पनि भएन। किनभने घरमा लगेर बनाइरहनुपर्ने झञ्झट पनि यसमा पर्दैन। छिटो र मिठोको बहानामा हाम्रा बालबालिका र किशोरकिशोरीको स्वास्थ्य बिग्रिरहेको पत्तो नै पाउँदैनौँ।
पोषणविज्ञ डा. अरुणा उप्रेती यस्तो खानेकुरालाई पत्रु खानेकुरा भन्छिन्। पत्रु खानाकाे बानीले पैसा र स्वास्थ्य नाश हुने उनले बताउने गरेकी छिन्।
पत्रु खानेकुरा अर्थात् जंक फुडको असर एकतर्फी मात्र छैन। यसले शारीरिकदेखि मानसिक स्वास्थ्यमा पार्नसक्ने असर भयानक छ। त्यसै पनि प्याकेजिङ गरिएका यस्ता खानेकुरामा पोषक तत्त्व कम हुन्छन्। धेरै समयसम्म राख्नका लागि विभिन्न रासायनिक पदार्थ हालिएका हुन्छन्।
यस्ता खानेकुरामा धेरै क्यालोरी फ्याट र सुगर हुन्छ। प्रोटिन, भिटामिन, मिनरल्स र फाइबर भने कम हुन्छ। धेरै मात्रामा जंक फुडको सेवनले मोटोपनाकाे खतरा बढ्छ।
जति धेरै जंक फुडको सेवन गरिन्छ त्यसले शरीरमा पोषक तत्वको मात्रा त्यति नै कम हुँदै जान्छ। शरीरमा मात्र होइन यसले मस्तिष्कमा पनि नकरात्मक प्रभाव पार्छ।
जंक फुडको सेवन गर्नाले मस्तिष्कलाई संकेत मिल्छ जसका कारण कहिले भोक लाग्यो र के खाएँ भन्नेसमेत बिर्सने हुनसक्छ। मस्तिस्कको स्वस्थ कार्यसम्पादनका लागि दैनिक फ्याटी एसिड जस्तै ओमेगा ६ र ओमेगा ३ को आवश्कता हुन्छ। यी तत्त्वको कमीले मस्तिष्कसम्बन्धी समस्या उत्पन्न गराउँछन्।
यस्तै गुलियो खाना खानाले ब्लड सुगर लेभल बढ्छ, जसले शुरुमा खुसी महशुस हुन्छ र सन्तुष्टि मिल्छ। तर, केही समयपछि चिडचिडापन महसुस हुन्छ। जंक फुडमा कार्बोहाइड्रेट धेरै हुन्छ, जसका कारण रगतमा ‘ब्लड सुगर लेभल’मा परिवर्तन भइरहन्छ। यदि सुगर लेभल कम भएमा चिन्ता र थकानको समस्या हुन्छ।
उच्च मात्रामा सुगर र फ्याटयुक्त भोजनको सेवन गर्नाले पेप्टाइड भनिने दिमागको एक्टिभिटी कम हुन्छ। यो एक्टिभिटिले कुनै कुरा स्मरण गर्न मद्दत गर्छ। धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले मस्तिष्कमा सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ र स्मरणशक्तिमा बाधा पुग्छ।
सुगर र फ्याटयुक्त खानाले दिमागमा केमिकल एक्टिभिटीमा परिवर्तन आउँछ। तर, जब यी जंक फुडको सेवन गर्न बन्द गरिन्छ तब मानिस तनावको शिकार बन्न सक्छन्। उनीहरूलाई डिप्रेसन हुनसक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights