खानेकुरा पकाएर बाँकी रहेको तेलको पुनः प्रयोग कति स्वस्थकर?

विशेषगरी सेल, पुरी, फुरन्दाना आदि परिकार बनाउँदा तेल बाँकी रहन्छ। बाँकी रहेको तेल हामी फ्याँक्न सक्दैनौँ। त्यही तेलमा अर्को परिकार बनाउँछौँ।
खर्च बचाउने नाममा तेलको पुनः प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर संकट आउनसक्ने तथ्यप्रति हामी बेखबर भइरहेका हुन्छौँ। खानेकुरा पकाएर बाँकी रहेको तेल पुनः प्रयोग गर्नु एकदमै खतरनाक हुन्छ।
क्यान्सरको कारण
जब कुनै परिकार पकाएर बाँकी रहेको तेलमा अरु खानेकुरा पकाइन्छ भने त्यसमा ‘फ्री रेडिकल्स’ पैदा हुन्छ। यसले शरीरमा जलन हुने, सुन्निने समस्या निम्त्याउँछ। कतिपय अवस्थामा त यसले क्यान्सर नै हुनसक्छ।
साथै तेल पटक पटक प्रयोग गर्दा अथरोस्कालरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्टोर बढाइदिन्छ। धमनीमा अवरोध पुर्याउँछ ।
कुनैपनि तेल पटक पटक प्रयोग गरिरहँदा एसिडिटी, मुटुको रोग, पार्किसन्स, घाँटी सुन्निने जस्ता समस्या पनि आउनसक्छ ।
कति पटक गर्ने प्रयोग?
कुनैपनि खानेकुरा डिप फ्राई गरिसकेको तेल पुन प्रयोग गर्नै हुँदैन । सामन्य फ्राई गरेको तेल पुनः एक पटकसम्म प्रयोग गर्न सकिन्छ । तर, कस्तो गुणस्तरको हो, के पकाइएको हो, त्यसमा निर्भर हुन्छ।
खानेकुरा पकाइसकेपछि बाँकी रहेको तेल पहिले सेलाउन दिनुपर्छ। त्यसपछि हावा नछिर्ने भाँडोमा छानेर राख्नुपर्छ। दोस्रोपटक तेल प्रयोग गर्दा त्यसको रङ र थिकनेस कस्तो छ, विचार गर्नुपर्छ। यदि तेल बाक्लाे वा पहिलेभन्दा बढी गाढा छ भने त्यसलाई प्रयोग गर्दै नगर्नुस्। तेल तताउँदा पहिलेको भन्दा पनि बढी धुवाँ आयो भने त्यसलाई पनि प्रयोग नगर्नुस्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights