Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसोमा यसरी गर्नुस् आँखाको सुरक्षा

चिसोमा यसरी गर्नुस् आँखाको सुरक्षा

चिसोमा धेरै मानिसको आँखामा चिप्रा र कचेरा लागेको देखिन्छ। यस्तै कतिपयको आँखा सुन्निएजस्तो हुन्छ। चिसो मौसममा आँखामा विभिन्न संक्रमण हुन्छ।

खासगरी जाडोमा सुख्खा तथा चिसो हावाका कारण आँखा सुख्खा हुन्छ। अर्को कुरा बतास चल्ने भएकाले टाढा टाढाबाट उडेर आएको फोहोरका कण पनि आँखामा पर्ने खतरा पनि हुन्छ।

बुझ्नुपर्ने कुरा के भने सडकमा उडेको धुवाँ, धुलो आँखामा जमेर यसले आँखामा विभिन्न संक्रमण निम्त्याउँछ। यस्तो अवस्थामा यी उपाय अपनाएर आँखालाई सुरक्षित राख्न सकिन्छ—

प्रशस्त पानी पिउने

गर्मी मौसममा हामी पानी प्रशस्त पिउँछौँ। तर चिसोमा त्यति वास्ता गर्दैनौँ। त्यसैले आँखा सुख्खा हुन्छ। चिसो मौसममा आँखा सुख्खा हुनबाट बचाउन प्रशस्त मात्रामा पानी पिउन आवश्यक छ। पर्याप्त मात्रामा पानी पिउनाले ‘ड्राई आइज’को समस्या आउँदैन।

धेरैबेर कम्प्युटरमा नबस्ने

ल्यापटप, कम्प्युर र मोबाइलविना जीवनयापन नहुने समय आइसकेको छ। त्यसैले यी साधनहरूबाट पर बस्नुस् भन्न त सकिँदैन। तर कम्प्युटर तथा ल्यापटपमा बसेर काम गर्दा वा मोबाइल चलाउँदा वेलावेलामा आँखालाई आराम दिनुस्। अनावश्यक रूपमा यस्ता यन्त्र नचलाउनुस्।

अर्को महत्त्वपूर्ण कुरा करिब २०मिनेट कम्प्युटर, ल्यापटपमा काम गरिसकेपछि करिब २० मिटर टाढा रहेको कुनै वस्तुलाई करिब २० सेकेण्डसम्म हेर्ने गर्नुस्। यसबाट पनि आँखालाई आराम मिल्छ।

आँखा धेरै पटक झिमझिम गर्ने

कुनै पनि वस्तुलाई एकनासले हेरिरहँदा आँखा झिम्क्याउन सामान्यभन्दा कम हुन्छ। कम झिम्क्याउनाले आँखा थाक्छ। यसले पर्याप्त मात्रामा आँसुु उत्पादन गर्न सक्दैन। आँखा सुख्खा हुन्छ। यसका कारण फलस्वरूप विभिन्न संक्रमण हुन सक्छ। आँखा धेरैपटक झिमझिम गर्नु ‘ड्राई आइज’ हुन नदिने एक उपाय हो।

सनग्लासको प्रयोग गर्ने

आँखाका संक्रमण कम गर्ने महत्त्वपूर्ण उपाय हो, सनग्लासको प्रयोग। सनग्यासको प्रयोगले आँखामा बालुवा माटोलगायतका कण छिर्न पाउँदैन।

आई ड्रप्सको प्रयोग

सुख्खा भए आई ड्रप्स को प्रयोग गरी आँखालाई भिजाउन सकिन्छ। यस्ता आई ड्रप विभिन्न औषधि पसलमा पाइन्छ। यस्ता ड्रपले आँखामा  कृत्रिम आँसुको काम गर्छ। आँखा सुख्खा हुनबाट बचाउँछ। यस्ता सामग्रीको प्रयोग गर्दा यसको गुणस्तरको ख्याल गर्नुपर्छ। अर्को कुरा आई ड्रप्स हाल्ने क्रममा हातको सरसफाइमा पनि ध्यान दिनुपर्छ। समस्या बढी भएमा विशेषज्ञ डाक्टरलाई जँचाइहाल्नुपर्छ।

कुराकानीमा आधारित:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार