Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने

क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने

हेल्थ टिभी अनलाइन : यूकेका राजा चार्ल्समा पुष्टि भएको क्यान्सरको उपचारमा उत्साहजनक प्रगतिु भएपछि उनले यसै सातादेखि सार्वजनिक गतिविधिमा संलग्नता जनाउने बकिङ्गम दरबारले जनाएको छ।

यद्यपि राजा चार्ल्स पूर्ण रूपमा भने ‍औपचारिक जिम्मेवारीमा फर्कने छैनन् तर दरबारबाट शुक्रवार प्राप्त सन्देशलाई सकारात्मक रूपमा लिइएको छ।

राजाले मङ्गलवार एक क्यान्सर उपचार केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ। त्यसलाई उनी सार्वजनिक गतिविधिमा फर्कन लागेको सङ्केत मानिएको छ। उनी यसै वर्षको ग्रीष्मयाममा जापानका सम्राट् र साम्राज्ञीलाई यूकेमा एक राजकीय भ्रमणका लागि स्वागत गर्ने योजनामा छन्।

त्यसपछिका साताहरूमा राजा अझ बढी बाह्य गतिविधिहरूमा संलग्न हुन सक्ने दरबारको भनाइ छ। पुनः बाह्य गतिविधिमा संलग्न हुन पाउँदा राजा अत्यन्त उत्साहितू बनेको बताइएको छ। दरबारको विज्ञप्तिलाई सचेतनासहितको आशाुको सन्देश मान्न सकिए पनि राजा चार्ल्सको गत फेब्रुअरीमा सुरु भएको उपचार प्रक्रिया भने अझै जारी छ। यो प्रक्रिया टुङ्गिने मितिबारे केही पनि बताइएको छैन।

उपचार प्रक्रिया कति लामो हुन्छ भन्ने कुरा अहिल्यै बताउनु एकदमै छिटो हुनेू दरबारले आफ्नो विज्ञप्तिमा जनाएको छ।

दरबारका अनुसार हालसम्मको प्रगतिबाट चिकित्सकहरू उत्साहित छन् र राजालाई निरन्तर रूपमा निको हुनेमा उनीहरू सकारात्मक छन्। राजालाई कुन प्रकारको क्यान्सर लागेको हो भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन। तर पनि उपचारका कारण राजा सार्वजनिक गतिविधिमा संलग्न हुन सक्षम भएपछि उनको चिकित्सकीय टोली ूहालसम्मको प्रगतिबाट पर्याप्त रूपमा सन्तुष्ट रहेकोू बताइएको छ।

दरबारले केही दिनअघि मात्र राजा र रानी कमिला बकिङ्गम दरबारको बगैँचामा मुस्कुराउँदै हिँडेको तस्बिर पनि सार्वजनिक गरेको थियो।

बीबीसीबाट :

थप समाचार