Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा

न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा

हेल्थ टिभी अनलाइन : न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा सुरु भएको छ । ‘चौथो न्युरोसाइन्स स्कूल नेपाल’ नामक वर्कशप इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसन (इबरो) को सहयोग तथा न्युरोसाइन्स सोसाइटी अफ नेपालको आयोजनामा गरिएको हो ।

वर्कशपमा भाग लिन ८ देशका ४० जना सहभागी काठमाडौं आएका छन्। वर्कशप कार्यक्रमका संयोजक डा सुनिल ढुंगेलले १४ दिने क्लोज वर्कशपमा न्युरोसाइन्स सम्बन्धी विभिन्न विधामा बृहत रुपमा छलफल हुने बताए । उनले भने, ‘न्युरो साइन्स निकै बृहत छ यस अन्तर्गत विभिन्न देशमा भएका गतिविधी तथा नयाँ नयाँ प्रयोगकाबारेमा वर्कशपमा छलफल हुनेछ । यसका लागि भारत, मलेशिया, नाइजेरिया, भुटान, भियतनाम लगायतका ४० सहभागी जो आफैमा आ -आफनो क्षेत्रका विज्ञ हुन उनीहरु यहाँ आएका छन्। यो हामीले नेपालमा आयोजना गर्न पाउनु आफैमा ठूलो कुरा हो ।’

यसैगरी उनले १४ दिनमा जापान, जर्मन, थाइल्यान्ड, नेपाल लगायतका ४९ जना स्पिकरहरुले आ – आफनो प्रस्तुती दिने पनि जानकारी दिए । यसैगरी कार्यक्रममा ७ दिन छलफलपछि अर्को सात दिन प्राक्टिकल तालिम (हेन्ड्स अन ट्रेनिङ ) पनि गराइनेछ । हेन्ड्स अन ट्रेनिङ भने विभिन्न अस्पताल तथा ल्याबमा लगेर प्रत्यक्ष उनीहरुलाई देखाएर न्युरोसाइन्स सम्बन्धी ज्ञान, सिप तथा प्रयोगात्मक कुरा सिकाइने कार्यक्रम रहेको पनि डा ढुंगेलले जानकारी दिए ।

कार्यक्रममा आयोजक संस्था न्युरो साइन्स सोसाइटी अफ नेपालका अध्यक्ष डा अजय जंग कुँवरले नेपालमा यसअघि तीनवटा वर्कशप गरिसकेको र अहिल फेरि चौंथोपटक पनि नेपालमा नै यो कार्यक्रम विभिन्न देशका सहभागी बोलाएर गर्ने अवसर पाउनु ठूलो कुरा भएको बताए । उनले भने, ‘यो वर्कशप एउटा यस्तो प्लेटफर्म हो जहाँ न्युरो साइन्समा रुचि राख्नेलाई धेरै कुरा सिक्ने मात्र हैन, पछि कुन विषयमा आफूलाई रुचि हुन्छ त्यही विषयमा पढ्न तथा अनुसन्धानमा अघि बढ्न सहयोग पनि पुग्छ । यो एउटा डाक्टर, विज्ञ, अनुसन्धानकर्तावीचको नेटवर्किङ पनि हो।’

उनले न्युरो साइन्समा हाल नेपालले गरेका काम तथा उपलब्धी देखाउने तथा अन्य देशमा भएका नयाँ कुराहरुको बारेमा थाहा पाउन सिक्न यो निकै राम्रो थलो बन्ने विश्वास लिएको पनि जिकीर गरे ।

आज मंगलबारको सेसनमा नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले नेपालमा जेनेटिक रोग र नेपालमा भइरहेको जेनेटिक टेस्टकाबारेमा आफनो प्रस्तुती दिंएकी थिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार