यी हुन् मकैका परिकार खाँदा हुने फाइदा

संसारमै सबैभन्दा धेरै खपत हुने अन्नमध्ये पर्छ मकै। यो पर्याप्त मात्रामा पोषक तत्वले भरिपूर्ण हुन्छ। मकैलाई पोलेर, उसिनेर र पिठोको ढिँडो तथा रोटी खान सकिन्छ। जाडाेमा भुटेकाे मकै खानुकाे मज्जा नै बेग्लै।
मकैमा भिटामिन ए, बी, ईलगायत आइरन, कपर, जिंक, म्याग्निज, र पोटासियम लगायतका खनिज पदार्थ पाइन्छ। पोषणविद्हरूका अनुसार एक कप काँचो मकैमा १२५ क्यालोरी हुनुका साथै २७ ग्राम कार्वोहाइड्रेट, चार ग्राम प्रोटिन, नौ ग्राम चिनी, दुई ग्राम फ्याट तथा ७५ ग्राम आइरन पाइन्छ।
मकैले रगतमा कोलस्ट्रोलको मात्रा कम गरेर कार्डियोभास्कुलर समस्याको जोखिमलाई कम गर्छ। यसमा ओमेगा–३ फ्याटी एसिड पनि पाइन्छ, जसले मुटुलाई स्वस्थ राख्छ। उच्च रक्तचापको समस्या कम गरेर हृदयाघात तथा स्ट्रोकको जोखिम कम गर्छ। नियमित सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम हुन्छ।
गहुँको रोटीको तुलनामा मकैको रोटी पचाउन सजिलो हुन्छ। मकैमा पाइने फाइबर ले पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै आन्द्रालाई राम्ररी काम गर्न सहयोग गर्छ। साथै, विषालु पदार्थलाई आन्द्रामा टाँसिन दिँदैन। त्यसबाहेक, यसको सेवनले एसिडिटी, कब्जियत तथा पेटसम्बन्धी समस्या पनि कम हुन्छ।
रक्तअल्पताका बिरामीका लागि मकै निकै लाभकारी छ। किनकी यसमा जिंक, भिटामिन बी(१२, आइरन तथा भिटा क्यारोटिन पाइन्छ, जसले शरीरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ। साथै, यसले शरीरका रक्तकोषिकालाई पर्याप्त मात्रामा पोषकतत्त्व प्रदान गरी रक्तअल्पताको समस्या घटाउँछ।
मकै हड्डीको लागि समेत फाइदाजनक मानिन्छ। म्याग्नेसियम र आइरनले भरिपूर्ण मकैले हड्डी मजबुत बनाउँछ। यसमा रहेको जिंक तथा फोस्फोरसले आर्थराइटिस, आस्टियोपोरिस जस्ता रोगको जोखिम कम गर्छ।
मकैमा रहेको भिटा क्यारोटीन र भिटामिन ए छालाको लागि उत्तम मानिन्छ। नियमित रूपमा यसको प्रयोगले छाला चम्किलो हुन्छ । त्यसबाहेक, मकैमा भिटामिन सी तथा एन्टीअक्सिडेन्ट तत्त्व लाइकोपिन पनि पर्याप्त मात्रामा पाइन्छ, जसले छाला बिग्रिन र चाउरी पर्नबाट जोगाउँछ।
यसको सेवनले आन्द्राको क्यान्सरदेखि मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। त्यस्तै, अनुहारको चाउरीपना हटाउनुका साथै मुटुलाई स्वस्थ राख्छ।
मकैमा पाइने रेटिनाइट्स तत्त्व आँखाको रेटिनाको लागि लाभकारी मानिन्छ । यसको सेवनले आँखाको दृष्टि बढ्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights