जाडाेमा चिसाे पानी पिउनुका बेफाइदा

तपाईँ हामीमध्ये कतिपयलाई जाडोमा पनि तातोपानी पिउन मन पर्दैन। चिसो पानी नै पिउन रुचाउँछौँ। गर्मीमा चिसो पानी पिउँदा शरीरको गर्मी कम हुनुको साथै थकान पनि टाढा हुन्छ। तर जाडोयाममा चिसो पानी पिउँदा शरीरमा हानि पुग्न सक्छ।
जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथै विभिन्न किसिमका स्वास्थ्य समस्या हुन सक्छन्। त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ। जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि सतर्क हुन आवश्यक छ।
मानव शरीरको तापमान सामान्यतया ३७ डिग्री हुन्छ। त्यसैले जब यो तापमानभन्दा कम तापक्रमको पानी पिइन्छ, यो तापमानलाई नियन्त्रित गर्नको लागि धेरै ऊर्जाको आवश्यकता पर्छ। खानासँग चिसो पानी पिउँदा हाम्राे शरीर पानीलाई नियन्त्रित गर्ने दिशातिर लाग्छ। यसका कारण शरीरले पोषक तत्त्वहरूमा काम गर्न सक्दैन। किनभने शरीरले पानीलाई नियमित गर्नको लागि आफ्नो सम्पूर्ण ऊर्जा त्यसमा लगाइदिन्छ।
जाडाेयाममा पनि चिसो पानी पिउँदा हाम्राे भेगस नर्भ उत्तेजित हुन्छ। जब भेगस नर्भ उत्तेजित र अत्याधिक सक्रिय हुन्छ, तब यसले मुटुको धड्कनलाई तीव्र गतिमा चलाउन थाल्छ, जुन स्वास्थ्यको लागि असाध्यै हानिकारक हुन सक्छ।
जाडोमा नियमित रूपमा चिसो पिउँदा श्वास प्रश्वाससम्बन्धी समस्याले सताउन सक्छ। यदि माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रूपले चिसो पानी पिउनु हुँदैन। चिसो पानीले नाक र श्वासमार्ग दुवैलाई अवरुद्ध गरिदिन्छ। यसका कारण माइग्रेनमा हुने पीडा उत्पन्न हुन थाल्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights