चिसाेबाट यसरी जाेगाउनुस् बालबालिकालाई

बिहान बेलुका असाध्यै चिसो बढेका यसबाट बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता सबै अभिभावकलाई छ। काठमाडाैंजस्ताे शहरी क्षेत्रमा त चिसाेको समस्यालाइ धुलो र धुँवाले झनै जटिल बनाएकाे छ।
बिहान बेलुका कान छोप्ने गरी टोपी वा गलबन्दी बाँध्ने र सो समयमा बाहिर जान नदिने गरेर चिसो लाग्नबाट बचाउन सकिन्छ। रुघाखोकी लागिहालेमा धैर्य गर्नैपर्छ।
यदि अरु लक्षण केही छैन नाकबाट सिंगान बग्ने र खोकी मात्र छ भने डराउनु पर्दैन तर सावधान भने हुनुपर्छ। उत्तानो सुताउनाले नाकबाट सिंगान बगेर घाँटीमा जाने र झन् खोकी लाग्ने भएकाले कोल्टे सुताउनुपर्छ। विशेषगरी ज्वरो पनि छ भने पूर्ण रूपमा विश्राम गर्न लगाउनु र धुलोबाट जोगाउनु महत्त्वपूर्ण छ।
मनतातो पानी प्रशस्त पिउन दिनुपर्छ। नाक बन्द भएको छ भने उमालेको नूनपानी वा सलाइन पानी दुई थोपा राखेर खोल्न सकिञ्छ। घरेलु औषधि जस्तै अदुवा, तुलसीका पात, कागती र बेसार हालेर उमालेको पानी, ल्वाङ राखेर उमालेको पानी वा तुलसी र अदुवाको २\३ थोपा रस महसित खानाले छिटो सञ्चो हुन सहयोग पुग्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights