क्यान्सरबाट बच्न खाने गर्नुस् ब्रोकाउली

ब्रोकाउली भिटामिन ‘के’ र ‘सी’को राम्रो स्रोत हो। यसमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। ब्रोकाउलीमा भिटामिन तथा अन्य पोषण तत्त्व हुने भएकाले यसले पोषणमा विशेष भूमिका खेल्छ।
यसमा हुने बायोएक्टिभ कम्पाउण्डले संक्रमणलाई रोक्न सहयोग गर्छ। यस्तै घाउ सुन्निन तथा संक्रमण हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
यसमा भएकाे बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सर र प्रोस्टेट क्यान्सर रोक्न मद्दत गर्छ।
ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त हुन्छ। यसैगरी ब्रोकाउलीमा भएका तत्त्वका कारण मस्तिष्कको क्रियाशीलतामा कमी आउने क्रम कम हुन्छ।
यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ।
ब्रोकाउली कसरी पकाइन्छ भन्ने कुराले त्यसबाट पाइने भिटामिन तथा अन्य तत्त्वको अवस्था निर्धारण हुन्छ। बफ्याउउने, रोस्ट गरेर पकाए यसमा रहेका पौष्टिक तत्त्व जोगिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights