असुरक्षित गर्भपतन गराउँदा यस्ता असर

सामान्यतया महिलाले स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ। नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन मिल्ने कानुनी व्यवस्था छ। हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा जस्ता परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिन्छ।
स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपर्तन गराए खासै असर पर्दैन । तर, अनिच्छित गर्भधारण, समाजमा बेइज्जत हुने डर आदि कारण धेरैले असुरक्षित गर्भपतन गराउँछन्। खासगरी अनिच्छित गर्भपतन गराउने अविवाहित महिलाको संख्या धेरै पाइन्छ। यो एकदमै गलत हो। अनुभवी चिकित्सक नभई जो पायो त्यहीले गर्भपतन गराउँदा महिलाको ज्यान नै जोखिममा पर्न सक्छ।
असपतालमा सामान्यतया औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराइन्छ। औषधिको प्रयोगबाट ९ हप्ताको गर्भ र औजारको प्रयोगबाट १२ हप्ताको गर्भपतन गर्न सकिन्छ।
असुरिक्षत गर्भपतन गराउँदा यस्ता समस्या आउन सक्छन्–
अत्यधिक रक्तस्राव
कतिपयले मेडिकलबाट औषधि किनेर गर्भपतन गर्छन् । यसले अत्यधिक रक्तश्राव गराउन सक्छ। अत्यधिक रक्तश्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरन कम हुन्छ।
पूर्ण रूपमा गर्भपतन नहुनु
विभिन्न औषधिको आफूखुशी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ। आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना हुन्छ, जसले क्यान्सर समेत हुनसक्छ।
पाठेघरको संक्रमण
खासगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम हुन्छ । यसले पाठेघरमा क्यान्सर गराउन सक्छ। बाँझोपनको समस्या पनि हुनसक्छ। पाठेघरको संक्रमण रगतमा पनि फैलिन सक्छ। याे निकै घातक हुन्छ।
ज्यानै जान सक्छ
सुरक्षित तरिकाले गर्भपतन नगराउँदा ज्यान पनि जान सक्छ । तसर्थ गर्भपतन गराउँदा सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्था र अनुभवी चिकित्सकको पूर्ण निगरानीमा मात्र गराउनुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights