किन हुन्छ स्मरणशक्ति ह्रास?, कसरी जाेगाउने?

कुनै पनि काममा रुचिको अभाव, क्रमैसँग काम नगर्नु, एकैपटक धेरै काममा हात हाल्नु वा कामको उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति ह्रास हुन्छ।
कुनै कुरा याद राख्ने इच्छाशक्ति नहुँदा पनि सम्झिने शक्ति क्षीण हुँदै जान्छ। चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसमा पनि स्मरणशक्ति क्षीण हुन्छ।
अविकसित मष्तिस्क वा मस्तिष्कमा जन्मजात समस्याले पनि स्मरणशक्तिमा प्रभाव पार्छ। टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि स्मरणसम्बन्धी समस्या आउँछ।
क्रोध, भय, चिन्ता, अनिद्राले पनि स्मरणशक्तिलाई असर गर्छन्। उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधिको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्छ।
यसैगरी शरीरमा पौष्टिक तत्त्व कमी हुँदा पनि याे समस्या देखा पर्छ। साथै, नियमित मद्यपान गर्दा स्मरणशक्ति कमजोर हुन्छ। थाइराइड, मधुमेह आदि राेगले पनि स्मरणशक्ति क्षीण गराउँछन्।
समाधान
यस्तो समस्याबाट बच्न दैनिकको कार्यतालिका बनाउन सकिन्छ। आफ्नो समयअनुसार बिहानबेलुकी घुम्ने बानी गर्नुपर्छ। कुनै पनि कुरा याद राख्नका लागि त्यसबारे रुचि लिनुपर्छ।
पूरा निद्रा सुत्नुका साथै विगतका कुरालाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानी गर्नुपर्छ। योगाभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बचाउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights