दिनहुँ बदाम खाँदा हुने फाइदा

जाडो मौसम शुरु भइसकेको छ। जाडोमा घाम ताप्दै बदाम खानुको मजा नै बेग्लै। आनन्ददायक मात्र होइन शरीरका लागि निकै फाइदाजनक बदाम।
बदाम वानस्पतिक प्रोटिनको भरपुर स्रोत पनि हो। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ‘ई’, भिटामिन ‘के’ र भिटामिन ‘बी ६’ पाइन्छ। यी तत्त्वहरूको फाइदा लिन प्रत्येक दिन रातो पत्रसहितको बदाम कम्तीमा २० दाना खानुपर्ने बताइन्छ।
यस्ता छन् बदामका फाइदाहरू
बदामको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्याउँछ।
प्रत्येक दिन बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा रहन्छन्।
गर्भवती महिलाहरूलाई पनि यसले फाइदा पुर्याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मद्दत गर्छ।
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि मजबुत बनाउँछ।
बदामले पेटसम्बन्धी रोग निको पार्छ। यसको नियमित प्रयोगले ग्यास र एसिडिटीको समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
बदामको प्रयोगले कलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ। बदामको नियमित सेवनले मुटुको रोगहरूबाट पनि टाढा रहन सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights