यी हुन् मानव शरीरमा क्यान्सर गराउने तत्त्व

विश्वभर मानिसको मृत्यु हुनेमा विश्वको दोस्रो ठूलो रोग हाे, क्यान्सर। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा क्यान्सर रोगकै कारण ९६ लाख व्यक्तिले ज्यान गुमाए।
के हो क्यान्सर?
शरीर कैयौँ प्रकारका कोशिका मिलेर बनेको हुन्छ। जब यी कोसिका अनियन्त्रित तरिकाले बढ्छ, तब यो गाँठो वा ट्युमरको रूपमा परिणत हुन्छ। यसले शरीरको सबैजसो अंगलाई प्रभावित पार्न सक्छ।
समयम रोगको पहिचान गरेर उपचार गरेको अवस्थामा ३० देखि ५० प्रतिशत क्यान्सर रोगलाई समयमै रोकथाम गर्न सकिन्छ।
क्यान्सरका धेरै प्रकार छन्। मुख, छाला, स्तन, फोक्सो, पाठेघर, प्रोस्टेटका साथै कोलोरेक्टल क्यान्सर, मेलानोमा र लिम्फोमा आदि क्यान्सरका प्रकार हुन्। यी हुन् क्यान्सर गराउने तत्त्वहरू—
चुरोटको धूवाँ
चुरोटमा निकोटिन बाहेक पनि सयाैँ अन्य केमिकल हुन्छन्। यसमध्ये लगभग ६० वटा केमिकल कार्सिनोजेनिक हुन्छ, जसको सम्पर्कमा आउनाले मात्र पनि शरीरमा क्यान्सरको कोशिका उत्पन्न हुन्छ।
इन्धनको धुवाँ
डिजेल र पेट्राेलकाे धुवाँले कार्सिनोजेनिक तत्त्व पैदा गर्छ, जसले फोक्सो क्यान्सरको जोखिम बढाउँछ। सडक आसपास बसोबास गर्ने व्यक्तिमा क्यान्सर हुने सम्भावना दुई गुणा बढी हुने बताइन्छ।
वायु प्रदुषण
बढ्दाे जनघनत्व र हाम्रा क्रियाकलापले प्रदूषणको स्तर दिनदिनै बढ्दै छ। यो सबै विषाक्त धातु सिलिकनका कारण हुन्छ, जुन हावा तथा पानीको माध्यमबाट शरीरमा प्रवेश गर्छ। प्रदूषणकै कारण मानिसलाई फोक्सो, रगत, घाँटी, मुख तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना उच्च हुन्छ।
प्रोसेस्ड फुड
अत्यधिक मात्रामा प्रोसेस्ड फुड, डिब्बा बन्द खानेकुरा, चिसो पेय पदार्थ, नुन तथा चिनीको प्रयोग अत्याधिक रुपमा गरिएको खानेकुरा, भुटेको तथा तारेको खानेकुरा आहारको सेवनले पनि क्यान्सरको जोखिम निम्त्याउँछ। यस्ता खानेकुराको अत्याधिक मात्रामा सेवन गर्नाले क्यान्सरको जोखिम १० प्रतिशतसम्म बढ्न सक्ने एक शाेधले देखाएकाे छ।
सूर्यको विकिरण
सूर्यका विकिरणले पनि क्यान्सर जोखिम निम्त्याउन सक्छ। ओजोन तहको पत्रमा प्वाल भएका कारण सूर्यको किरणका साथमा हानिकारक अल्ट्राभायलेट रे पनि धर्तीमा आउँछ। यसको सिधा सम्पर्कमा आउनाले मेलिग्नेन्ट मेलानोमा तथा स्किन कार्सिनोमा जस्ता छालाको क्यान्सर हुनसक्छ।
मेकअप किट
मञ्जन परफ्यूम, हेयर जेल, क्रिम, लोसन आदिको नियमित प्रयोेगले पनि क्यान्सरको जोखिम बढ्न सक्छ। दैनिक रूपमा प्रयोग हुने यस्ता वस्तुहरूमा सोडियम लरेल सल्फेट हुन्छ, जसको प्रयोगले क्यान्सरको जोखिम उच्च हुन्छ।
सामान्यतया सेविङ क्रिम, स्याम्पू, कन्डिसनर, मञ्जन आदिमा सोडियम लरेल सल्फेट हुन्छ, जसले फिँज निकाल्न सहयाेग गर्छ। यसबाहेक, लिपिस्टिकमा पाइने मर्करी पनि स्वास्थ्यका लागि घातक मानिन्छ। स्याम्पुमा रहेको एक तत्त्व पनि क्यान्सरको कारक बन्न सक्छ।
विकिरण
अचेल कैयौँ रोगको उपचारका लागि म्यामोग्राम, एक्सरे, सिटी स्क्यान जस्ता रेडिएसन मेसिनको प्रयोग हुन्छ। यस्ता मेसिनको प्रयोगले पनि क्यान्सरकाे खतरा हुन्छ।
औषधि
इम्यून सिस्टम मजबुत बनाउन दिइने औषधिले पनि क्यान्सरको जोखिम बढाउन सक्छ। यस्ता औषधिको सेवनले लिम्फोमा हुने सम्भावना उच्च हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा