तनाव घटाउँछ फाइबरयुक्त खानेकुराले

तपाईँ तनाव र चिन्ताले ग्रसित हुनुहुन्छ भने यसबाट मुक्ति पाउन फाइबरयुक्त खानेकुरा गर्नुस्। एक अध्ययन अनुसार प्रचूर मात्रामा फाइबरपाइने खानेकुराले मानिसको तनावको स्तर कम गर्छ ।
तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर गर्छ। ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने ‘शर्ट चेन फ्याटी एसिड’ (एससीएफए) पेटका कोषहरूको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ।
शोधकर्ताहरुको भनाइअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पूरै शरीरमा बाधा उत्पन्न गराउँछ।
अध्ययनअनुसार खानपानमा पर्याप्त मात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ।
दाल, गेडागुडी, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ र हरियो सागसब्जीमा फाइबरको मात्रा धेरै हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights