के हाे पायल्स, कसरी राेकथाम गर्ने?

सामान्यतया मलद्वार वरिपरिका रक्तनसा विभिन्न कारणले सुुन्निनुलाई पायल्स भनिन्छ। यसलाई मेडिकल भाषामा ‘हेमोरोइड’ भनिन्छ। गोप्य अंगमा हुने हुँदा कतिपयले समयमै यसको उपचार गर्दैनन्। लुकाएर राख्छन्। त्यसकारण याे बल्झिँदै गएर भविष्यमा झन् जटिल समस्या सिर्जना गर्ने सम्भावना हुन्छ।
पायल्सको सुरुवाती चरणमा दिसा गर्ने भाग चिलाउँछ। त्यस्तै, रगत बग्ने समस्या देखिन्छ। शुरुको चरणमा रगत बग्छ भने दोस्रो चरणमा दिसा गर्दा नसा बाहिर आउँछ। दिसा गरिसकेपछि आफैँ भित्र जान्छ।
दिसा गर्दा नसा तल झर्छ भने त्यो तेस्रो चरण हो। यसलाई हातले भित्र पठाउनुपर्ने अवस्था आउन पनि सक्छ। कति कोशिश गर्दा पनि बाहिर झरेको नसा भित्र पठाउन सकिँदैन भने यो पायल्सको चाैथाे तथा अन्तिम चरण हो। समयमै उपचार गर्न सकिएन भने रक्तअल्पताकाे डर हुन्छ।
पायल्सबाट बच्न खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ। दिसा पातलो हुने किसिमका खानेकुरा सेवन गरेर पायल्सको समस्याबाट बच्न सकिन्छ। रेसादार खानेकुरा, सागसब्जी खानुपर्छ। प्रशस्त पानी पिउनुपर्छ। माछामासु धेेरै सेवन गर्नुहुँदैन। धेरैबेरसम्म दिशा रोकेर राख्नुहुँदैन।
पायल्सका कारण लामो समयसम्म रगत बगे रक्तअल्पता हुने सम्भावना हुन्छ। त्यसैले, हेमोग्लोबिनको परीक्षण गरी रक्तअल्पता भए नभएको पत्ता लगाउनुपर्छ। कतिपय अवस्थामा कीटाणुको संक्रमण भई घाउ हुन सक्छ। यस्तो अवस्थामा चिकित्सककाे सल्लाहमा एन्टिबायोटिक औषधि लिनुपर्छ।
शुरुवाती चरणमै भए दुखाइ कम गर्ने औषधि सेवन, पर्याप्त आराम तथा सिजबाथबाट पायल्स नियन्त्रण गर्न सकिन्छ। तर, अन्तिम अवस्थामा पुगिसकेको भए शल्यक्रिया गर्नुपर्छ।
खानपान, व्यायाम र व्यवहारमा सावधानी नअपनाउँदा कतिपय अवस्थामा उपचारपछि पनि पायल्स बल्झिन सक्छ। त्यसैले जीवनशैलीमा ध्यान दिन जरुरी छ।
आयुर्वेद, होमियोप्याथी र एलोप्याथी सबै चिकित्सा पद्धतिद्वारा पायल्सको उपचार सम्भव छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights