रोगप्रतिरोधात्मक क्षमता बढाउन लेमनग्रास

तपाईँ हाम्रो आँगन वा करेसाबारीमा लगाउन सकिने लेमनग्रास स्वास्थ्यरक्षाका लागि धेरै नै उपयोगी छ।
लेमनग्रासमा एन्टी हाइपर लिपिडोमिक र एन्टी हाइपर कोलेस्ट्रोस्ट्रो लेमन गुण हुन्छ। यसले कोलेस्टेरोलको स्तरलाई ठिक राख्न मद्दत गर्छ। एक अध्ययनका अनुसार दैनिक लेमनग्रास सेवन गर्नाले ट्राइग्लिसराइड्सको स्तर ठिक हुन्छ र शरीरबाट एलडिएल कोलेस्टेरोल कम गर्न सहयोग पुग्छ।
लेमनग्रासले शरीरमा रहेका हानिकारक विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ। शरीरबाट विषाक्त पदार्थ निस्किएपछि अंगहरूले राम्रोसँग काम गर्न सक्छन्।
लेमनग्रासले शरीरमा युरिक एसिडको स्तर कम गर्न मद्दत गर्छ। यसमा पाइने डाइयुरेटिक गुणका कारण पिसाबको माध्यमबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ। यसले पाचन प्रणाली पनि ठिक राख्छ।
लेमनग्रासान एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुण हुने अध्ययनहरूले देखाएका छन्, जसले पेटमा हुने इन्फेक्सनबाट लड्न मद्दत गर्छ। साथै यसले पाचनप्रणालीलाई सुधार्न, ग्यास्टोइन्टेस्टनल डिसअर्डर जस्ता अल्सरलाई रोकथाममा पनि मद्दत गर्छ।
लेमनग्रासले पाचन, श्वास र स्नायूप्रणालीलाई ठिक राख्न सहयोग गर्छ। यसले खानाबाट शरीरको लागि आवश्यक पोषक तत्त्व अवशोषण गर्न भूमिका खेल्छ, जसले रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ।
लेमनग्रासमा पाइने एन्टिसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यो छालाको लागि धेरै फाइदाजनक छ। यसले चिल्लो छालाका लागि ‘क्लिन्जर’को काम गर्छ र छालाबाट दाग धब्बा हटाउन मद्दत गर्छ।
डियोड्रेन्ट बनाउन लेमनग्रासको प्रयोग गरिन्छ। यसमा पाइने एन्टी ब्याक्टेरियलले शरीरबाट आउने दुर्गन्ध हटाउन मद्दत गर्छ। यसका साथै फंगल र ब्याक्टेरियल इन्फेक्सनबाट पनि जोगाउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights