हरियाे खुर्सानी खाँदा हुने फाइदा

भनिन्छ खुर्सानी धेरै खानु हुँदैन। यसले शरीर नकारात्मक असर पुर्याउँछ। तर विभिन्न अध्ययनले खुर्सानीका थुप्रै फाइदा देखाएका छन्।
परिमाण मिलाएर खान जाने हो भने खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक रहेको ती अध्ययनको निष्कर्ष छ। रातो वा सुकेको भन्दा पनि हरियो खुर्सानी सेवनका धेरै फाइदा छन्।
हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउँछ र शरीरमा स्फुर्ति पैदा गर्छ।
यसले शरीरमा उष्णता उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाइमा कमी आउँछ। घाउबाट हुने रक्तश्राव रोक्न सघाउँछ।
हरियो खुर्सानीले शरीरलाई आवश्यक भिटामिन सी’को पूर्ति गर्छ। नाकको रक्तसञ्चारलाई सहज बनाई रुघा, पिनासबाट जोगाउँछ।
हरियो खुर्सानीले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइम बढाउँछ। यसका काण मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ। यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न मद्दत पुर्याउँछ।
शरीरमा आइरनको पूर्ति गर्नुका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ। छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पुर्याउँछ।
हरियो खुर्सानीमा पर्याप्त मात्रामा बेटा क्यारोटिन एन्टिअक्सिडेन्ट हुने भएकाले मुटुसम्बन्धी प्रणालीलाई चुस्त राख्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights