तामाकाे भाँडामा राखेकाे पानी पिउँदा यस्ता फाइदा

आयुर्वेदले बिहान सबेरै तामाको भाँडामा राखिएको पानी पिउन निर्देश गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने पत्ता लागेको छ।
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ। हरेक दिन बिहान खाली पेटमा यस्तो पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
यस्तो पानी तामाको भाँडामा कम्तीमा पनि आठ घण्टा राखिएको हुनुपर्छ। तामाको भाँडामा राखेको पानी पिउँदा हुने फाइदाहरू–
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुँदैन।
तामाको भाँडामा राखिएको पानीमा युरिक एसिड पाइने हुँदा नियमित पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्याउँछ।
यसले शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ। फलस्वरूप तौल बढ्न पाउँदैन।
तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्दैन र मुटुरोग हुनबाट बचाउँछ।
तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड हर्मोनलाई सन्तुलनमा राख्छ, जसले थाइराइडको समस्या हुन दिँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights