मैदा किन हानिकारक?

आटा र मैदा दुवै गहुँ पिसेर बनाइन्छ। तर आटा फाइदाजनक हुन्छ, मैदा किन हानिकारक भन्ने प्रश्न धेरैको मनमा उठ्छ।
आटा र मैदा दुवै गहुँबाट बन्ने हो तर, यी दुवै बन्ने प्रक्रिया फरक छ। आटा बनाउँदा गहुँको बोक्रा हटाइँदैन।
यो फाइबरको एकदम राम्रो स्रोत हो। त्यसैगरी आटालाई खस्रो बनाइनछ। यसले गर्दा गहुँमा रहेको पोषक तत्व नष्ट हुँदैन। यसकाे विपरीत मैदा बनाउँदा गहुँको माथिल्लो पत्र (बोक्रा) हटाइन्छ। बाँकी रहेको सेतो भागलाई मसिनो हुनेगरी पिसिन्छ। यसैकारण मैदामा कुनै पोषक तत्त्व बाँकी रहँदैन। फाइबर पनि रहँदैन।
मैदालाई निख्खर सेतो बनाउन क्याल्सियम परअक्साइड, क्लोरिन, क्लोरिन डाइअक्साइड जस्ता रसायन मिश्रण गरिन्छ। याे स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ।
मैदा चिप्लो र अत्यन्तै मसिनाे हुन्छ। मैदाजन्य परिकार खाएपछि त्यसलाई हाम्रो पाचन यन्त्रले पचाउन सक्दैन। आन्द्रामा टाँसिएर बस्छ। यसले आन्द्रालाई दूषित बनाउँछ। यसैकारण पेटको गडबडी एवं अन्य रोग लाग्छ। मैदाले कब्जियत पनि निम्त्याउँछ।
मैदामा स्टार्चको मात्रा एकदम बढी हुन्छ। त्यसैले मैदाजन्य खानेकुरा सेवन गर्दा मोटोपन बढ्छ। मैदाले कोलोस्ट्रराेल र रगतमा ट्राइग्लिसराइडको स्तर पनि बढाउँछ।
मैदा सेवन गर्नसाथ शरीरको ‘सुगर लेभल’ पनि बढ्छ। किनभने यसमा उच्च ‘ग्लाइसेमिक इन्डेक्स’ हुन्छ। त्यही कारण मैदाजन्य परिकार मधुमेहको कारण बन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights