जलविन्दु : राेकथाम र समाधान

जलबिन्दुको प्रमुख कारण वंशाणुगत नै हो । यदि बुबाआमामा छ भने बच्चामा पनि जलबिन्दु हुने सम्भावना हुन्छ।
मधुमेह वा उच्च रक्तचापको समस्या भएकालाई पनि जलबिन्दु हुनसक्छ ।
आँखाको उपचारका क्रममा लामो समयसम्म प्रयोग गरिने ‘स्टेरोयड्स’ औषधिको प्रयोगले पनि यो समस्या हुनसक्छ।
यस्तै दुर्घटनाका कारण पनि जलबिन्दुको समस्या हुन्छ।
रोकथाम र समाधान
जलबिन्दु हुन नदिन समय–समयमा आँखा जाँच गराइरहनुपर्छ। समयमै उपचार गराए अन्धोपनाकाे समस्या हुन पाउँदैन।
विशेषज्ञबाट आँखाको जाँच गराएर जलबिन्दुको समस्या समाधान गर्न सकिन्छ।
औषधिको माध्यमबाट इन्ट्रा अक्युलर प्रेसरको उपचार गरेर यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
औषधिले आँखाको भित्री चाप घटाउन नसकेको अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights