महिलाहरूलाई मात्र हुने क्यान्सर : अपनाउनुस् यसरी सतर्कता

स्तन, पाठेघरको मुख र आङ, फोक्सो र ‘ग्यास्ट्रोइनटेस्टिनल ट्रयाक्टको’ क्यान्सर महिलामा हुने क्यान्सरहरू हुन्। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्दै जान्छ ।
जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अंगकोे क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ।
त्यसैले त्यस्ता व्यक्तिहरुले नियमित जाँँच र परीक्षण गराउनु पर्छ। पाठेघरका मुखकोे क्यान्सर ‘हुमन प्यापिलोमा भाइरस (एचपीभी) नामक जीवाणुको कारणबाट हुन्छ।
असुरक्षित यौनसम्पर्क राखेमा पाठेघरको मुखको क्यान्सरका साथै यौन रोग जस्तै एचआईभी लाग्ने जोखिम पनि बढाउँछ। धूमपान गर्नु, क्यान्सर विशेषगरी फोक्सोको क्यान्सर हुनुको प्रमुख कारक तत्त्व हो।
अस्वस्थकर खानापिन गर्ने बानी जस्तै– बोसोयुक्त खानाको बढी उपभोगले विभिन्न किसिको क्यान्सर हुने जोखिम बढाउँछ। स्तनमा गिर्खा, गाँठागुठी आउनु, स्तनको मुन्टा (निपल)बाट असामान्य ढंगले विभिन्न रंगको तरल पदार्थ बग्नु, महिनावारी समयमा नहुनु वा अनियमित हुनु वा रगत बग्नु, खोक्दा रगत आउनु, शरीरको तौल धेरै घट्नुजस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकलाई जँचाउनुहोस्।
तपाईँले स्वस्थकर जीवशैली अपनाएर माथिका कारक तत्त्वहरूलाई पन्छाउन सक्नुभयाे भने क्यान्सर हुने सम्भावनालाई कम गर्न सकिन्छ। समयमै क्यान्सर रोगको जाँच गर्नाले सही तरिकाले चाँडाे उपचार गर्न सकिन्छ।
(नसर्ने राेगहरू :एक जानकारी पुस्तिकाबाट)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights