Health TV Online
Health TV Online
Health TV Online

के हो डेंगु? कसरी बच्ने?

के हो डेंगु? कसरी बच्ने?

अहिले देशभर डेंगुको प्रकोप फैलिएको छ। तराईदेखि पहाड हुँदै हिमालसम्म डेंगु फैलिएको छ। महामारीको रूप लिने चिन्ता बढ्दै गर्दा यो रोग नियन्त्रणमा चुनौती खडा भएको छ।

के हाे डेंगु?

डेंगु एक प्रकारको भाइरल ज्वरो हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्छ। यो लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुन्छ।

डेंगु भाइरस (डीइएन भी) ले हुने रोग हो। जुनसुकै उमेरका मानिसलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाइरसको चार प्रजाति छन्, डीइएन भी १, डीइएन भी २, डीइएन भी ३ र डीइएन भी ४।

डेंगु रोगबाट संक्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनभित्रमा लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवनभर सङ्क्रमित रहन्छ। कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ।

तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुन्छन्।

डेंगुका लक्षण

कुनै पनि व्यक्ति संक्रमित भएको एक हप्तामै डेंगुका लक्षण देखा पर्न थाल्छ।

ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासु लुछेजस्तो अनुभूति हुने, ढाड–जोर्नी दुख्ने, छालामा रातो–रातो दाग देखा पर्ने जस्ता लक्षण देखिन्छन्।

तर कतिपय मानिस संक्रमित भएर पनि कुनै पनि लक्षण नदेखिने समेत हुन्छ। डेंगु भएका कतिपय मानिसलाई फ्लू जस्ता लक्षण देखिन्छन् भने भने कतिलाई डेंगु ज्वरो देखिन्छ।

त्यसैगरी एकदमै कम व्यक्तिमा मात्र डेंगुका कारणले हुने जटिलता देखिने हुन्छ। जटिलता भएको खण्डमा मानिसको रक्तनलीबाट प्लाज्मा बहिर निस्किन्छ।

यसकारण फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा मुखबाट रक्तश्राव हुने, कलेजो सुन्निने जस्ता लक्षण देखिन थाल्छन्।

बिरामीको रक्त सञ्चालन नभएर रक्तचाप कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ। त्यसकै कारण मृगौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन्। कहिलेकाहीँ रक्तश्राव हुने समस्या पनि देखिन सक्छ।

डेंगु भएका व्यक्तिले चिकित्सकको सल्लाहमा औषधीको रूपमा पारासिटामोलको सेवन गर्नुपर्छ। प्रशस्त मात्रामा झोलयुक्त खानेकुरा खानुपर्छ।

रक्तश्राव धेरै भएको खण्डमा भने प्लेटलेसको संख्या घटेर जान्छ। याे अवस्थामा रगत चढाउनु पर्ने पनि हुनसक्छ।

कुनै व्यक्तिमा अन्य व्याक्टेरियाको संक्रमण हुन सक्छ। यस्तो अवस्थामा भने चिकित्सकले एन्टिबायोटिक चलाउन सक्छन्। नत्र डेंगु ज्वरोमा एन्टिबायोटिकको आवश्यकता हुँदैन।

बच्ने उपाय

घर बाहिर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने.

गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने।

पानीका ट्यांकी लामखुट्टे जान नसक्नेगरी राम्ररी बन्द गरेर राख्ने।

कुलरमा जम्मा भएको पानी सफा गर्ने। यसमा रहेको पानीमा प्रत्येक साता एक दुई चम्चा मट्टितेल हालिदिने।

एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने।

सुत्दा पनि झुल प्रयोग गर्नुका साथै दिउँसाे सुतेका साना केटाकेटीलाई झुल हाल्ने।

लामखुट्टेको टोकाइबाट बच्न शरीरका देखिने अंगमा  लामखुट्टे भगाउने मलम वा घरेलु तेल लगाउने।

घरका झ्याल ढोकामा जाली हाल्ने।

थप समाचार