रक्तदान गर्दै हुनुहुन्छ? विचार पुर्याउनुस् यी कुरा

रक्तदान जीवनदान भनिन्छ। तर कस्ता व्यक्तिले हुन्छ, कसले गर्नुहुँदैन वा कस्ताे वेलामा रक्तदान गर्नुहुन्छ, कुन वेला हुँदैन भन्ने पनि बुझ्न आवश्यक छ।
१८ देखि ६० वर्षसम्मका मानिसलाई रक्तदान उमेर समूहमा राखिएकाे छ। रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुन आवश्यक छ।
रक्तदान गर्ने व्यक्तिमा जन्डिस, मलेरिया, मधुमेह, क्षयरोग, एड्सजस्ता राेग लागेकाे हुनुहुँदैन। साथै यौनरोग लागेकाले पनि अरूलाई रगत दिनुहुँदैन।
अरूलाई रगत दिने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन।
मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि अरूलाई रगत दिनुहुँदैन।
रक्तदान गर्नुभन्दा तीन घण्टाअघि पोषिलो खाना सेवन गर्नुपर्छ । रक्तदानपछि जुस पिउनु उत्तम हुन्छ।
रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ। गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको वेलामा पनि रक्तदान गर्नुहुँदैन।
एजेन्सीकाे सहयाेगमा ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights