नवजात शिशुमा यस्ता समस्या देखिए के गर्ने?

दुध चुस्न नसक्नु
जन्मिनेवित्तिकै नवजात शिशुले रुनु र दुध चुस्नु पर्छ। यदि नवजात शिशुले दुध चुस्न सकेन भने खतराको संकेत हो ।
नसासम्बन्धी समस्याले शिशुले आमाको दूध चुस्न नसक्ने समस्या हुन्छ। यद्यपि कहिलेकाँही श्वासप्रश्वासमा बाधा उत्पन्न हुँदा पनि शिशुले दुध चुस्न सक्दैन। यस्तो समस्याले बच्चालाई कमजोर बनाउँछ।
श्वास बढ्नु
आमाले शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ। यो अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुन्छ। यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो। यसरी श्वासदर बढ्यो भने बुझ्नुपर्छ, शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गर्यो।
नाभीको संक्रमण
नवजात शिशुमा नाभीको संक्रमण हुने पनि अत्यधिक सम्भावना हुन्छ। नाभी पाक्ने, नाभीबाट पिप बग्ने जस्ता समस्या भए शिशुको लागि पछिसम्म खतरा हुन सक्छ।
नाभीमा हुने समस्याले शरीरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ। त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहनु पर्छ।
शितांग हुनु
बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ। बाहिर निस्किसकेपछि ऊ नयाँ तापक्रममा प्रवेश गर्छ। शिशु त्यही बाहिरी तापक्रममा घुलमिल हुनुपर्छ।
आमाको पेटकोभन्दा बाहिरी तापक्रम कम हुन्छ। त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नुपर्छ। किनभने नवजात शिशुलाई कम चिसोले समात्न सक्छ।
त्यसैले नवजात शिशु निमोनियाको समेत जोखिममा हुन्छन्। शिशुको शरीरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भए त्यसलाई शितांग भएको मानिन्छ। यो नवजात शिशुको लागि खतराको संकेत हो।
अन्य संकेत
काम्नु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो। त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि देखिन सक्छ। यसलाई पनि खतराको संकेतको रूपमा लिइन्छ।
त्यसैले शिशुका यी समस्याबारे आमा जानकार हुन जरुरी हुन्छ। यस्तो खतराबाट बचाउन सचेतना अपनाउनु पर्छ। यस्ता संकेत देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्याउनुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights