यसरी चिन्नुस् विषालु च्याउ

च्याउ पौष्टिक तत्त्व पाइने स्वादिष्ट तरकारी होे। वर्षायाम लागेसँगै वनजंगल पाखा र खाली चौरमा प्रशस्त च्याउ उम्रिन्छ। जंगलमा उम्रिने सबै च्याउ खानलायक हुँदैनन्। कतिपय च्याउ खाँदा मानिसको मृत्यु पनि हुन सक्छ।
विशेषज्ञहरूका नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्। तीमध्ये ११० प्रजातिका च्याउ मात्र खानयोग्य छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन भने गाह्रो हुन्छ।
सामान्यतया खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ। यदि खस्रो भए च्याउ विषालु हुन सक्छ। विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छ ।
त्यसैले वनपाखा र खुला चौरमा उम्रेका च्याउ खानुअघि विचार पुर्याउनुपर्छ । नमीठो गन्ध, धेरै झुस र एकै ठाउँमा थरीथरीको रङ भएका च्याउ पनि विषालु हुन सक्छन् । छुँदा रङ बदलिने र भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुने विशेषज्ञहरू बताउँछन्।
खानयोग्य च्याउ केही दिनमै कुहिन्छ। यसको विपरीत विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ ।
खानयोग्य च्याउ पनि राख्ने तरिका नमिल्दा विषाक्त हुनसक्ने विशेषज्ञहरू बताउँछन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights