तितेकरेलाका फाइदा

तितेकरेला चिरपरिचित फल हो जसलाई तरकारी वा अचारको रूपमा प्रयोग गरिन्छ। तितेकरेला प्रायः भुटेर वा रस राखेर तरकारी बनाइन्छ। उसिनेर अचार बनाइन्छ। जुन परिकार बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा गर्छ ।
तितेकरेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् । तितेकरेलाको रसले स्वास्थ्यमा धेरै फाइदा गर्छ ।
तितेकलेलामा पाइने पी इन्सुलिन नामक तत्त्वले मधुमेहलाई प्राकृतिक तवरले नियन्त्रण गर्छ । एक अध्ययनअनुसार दैनिक दुई हजार मिलिग्राम तितेकरेला सेवन गर्दा टाइप–२ डाइबिटिज पूर्ण रूपमा नियन्त्रण हुन्छ।
तितेकरेलालेशरीरमा कोलेट्रोलको मात्रा नियन्त्रण हुन्छ । यसले हृदयाघात र पक्षाघातको जोखिम कम हुन्छ । रक्तचापलाई समेत नियन्त्रण गर्छ । तितेकरेलामा पाइने पोटासियमले सोडियमको अत्यधिक मात्रालाई कम गर्छ । त्यस्तै, यसमा आइरन र फोलिक एसिड प्रशस्त मात्रामा पाइने भएकाले पक्षघातको जोखिम हुँदैन।
तितेकरेलाको रसले कलेजो सफा राख्न मद्दत गर्छ । साथै, कलेजोमा हुन सक्ने रोगको सम्भावना कम हुन्छ । तितेकरेलाको जुसले मदिराको ‘ह्याङओभर’ कम गर्नुका साथै कलेजोमा यसले पार्न सक्ने असर कम गर्छ ।
यसले क्यालोरी, बोसो र कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ । साथै, बोसोका कोषहरूलाई नियन्त्रण गर्ने भएकाले खानामा दैनिक तितेकरेला समावेश गरेमा त्यो छोटो समयमै तौल घटाउन प्रभावकारी हुन्छ ।
करेला सेवनले भाइरस र ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउनुका साथै प्रतिरोधी क्षमता विकास गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले रोगसँग लड्ने क्षमतामा तीव्रता ल्याउँछ । साथै, करेला खाने गरेमा क्यान्सर र ट्युमरको समस्याबाट बच्न सहयोग पुग्छ ।
तितेकरेलामा पाइने बिटा क्यारोटिन र भिटामन ए र सीले दृष्टिमा समस्या आउन दिँदैन । त्यस्तै, अनिद्राका कारण हुने डार्क सकर्लका लागिसमेत यो उपयोगी हुन्छ ।
तितेकरेलामा एन्टिअक्सिडेन्ट, भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ । जसले एजिङ र चाउरीपनाको समस्या कम गर्छ । यसले एक्जिमा र सूर्यका पराबैजनी किरणको असर समेत न्यून गर्छ । छाला र कपाल चम्किलो बनाउन भिटामिन ए, सी, बायोटिन र जिंक महत्वपूर्ण हुन्छन् । यसबाहेक कपाल झर्ने, टुक्रिने, सुक्खा हुने र चाया पर्ने समस्याबाट राहत दिन्छ ।
तर, कतिपय अवस्थामा तितेकरेलाले हानि गर्छ । रक्तचाप कम भएका व्यक्तिले समेत धेरै तितेकरेला खानुहुँदैन। पेट दुखाइ, पखालाभएका वेला र गर्भवतीले तितेकरेला खानुहुँदैन ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights