मासु किन खाने? कसले खाने?

मासुमा विशेषगरी फ्याट, प्रोटिन, मिनरल्स, खनिज तथा लवणजस्ता तत्त्व हुन्छन्। यसमा शरीरलाई आवश्यक प्रायः सबै किसिमका पोषण तत्व हुन्छन्।
एक दिन खाएको मासुले ३\४ दिनसम्म शरीरलाई चाहिने आवश्यक पोषक तत्त्व दिनसक्छ। मासुमा रहेको फ्याट तथा प्रोटिनजस्ता तत्त्वले शरीरको हार्मोनलाई उत्तेजित बनाउँछ।
सामान्यतः प्राकृतिक रुपमा मासु पोलेर खाने चलन छ तर पोलेर भन्दा उसिनेर खानु राम्रो मानिन्छ। पोलेको मासुले क्यान्सर गराउन सक्ने जोखिम बढी हुन्छ ।
उसिनेको मासुमा भएको बोसो पग्लने र तेल लगायतको मसलासमेत कम हुँदा शारीरिक रूपमा फाइदाजनक देखिन्छ। राम्रोसँग नपाकेको मासु स्वास्थ्यका लागि राम्रो होइन । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न सक्छ।
एक व्यक्तिले दैनिक २०० सय देखि३ ०० ग्रामसम्म मासु खानु ठीकै हो। यति मात्राको मासु खाँदा व्यक्तिलाई आवश्यक पोषण तत्व पुग्छ। यो भन्दा धेरै खाँदा स्वस्थ्यलाई फाइदा पुर्याउँदैन।
बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ। मानसिक काम गर्नेका हकमा सकेसम्म कम मासु खाएकाे राम्रो हुन्छ।
विशेषगरी दीर्घ रोगीले मासु नखानु नै राम्रो हो। दीर्घरोगीलाई मासु पचाउन समस्या हुन्छ। मासुमा हुने तत्त्वले औषधी उपचारमा समेत बाधा पुग्न सक्छ । त्यसैले सामान्यतः चिकित्सकले दीर्घ रोगीलाई माछा(मासु नखान सल्लाह दिन्छन्।
सरुवा रोग भएको अवस्थामा पनि माछामासु नखाएकै राम्रो। त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असर गर्न सक्छ।
बेलुकी भन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछामासु खानु उपयुक्त हुन्छ। खानासँग भन्दा पनि खाजासँग खानु स्वास्थ्यलाई लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन गाह्राे हुन्छ।
बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि र विकासका लागि माछामासुको आवश्यकता पर्छ। बालबालिकाले खान सक्ने भएपछि आवश्यकताअनुुसार माछामासु खुवाउन सकिन्छ।
वृद्धवृद्धाले माछामासु नखाएकै राम्रो। खाए पनि थोरै मात्रामा । माछामासु पचाउन कठिन हुनुका साथै असर पनि गर्न सक्छ। वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा