किन गन्हाउँछ सास?
मुख वा स्वासको दुर्गन्धलाई मेडिकल भाषामा ‘हयालिटोसिस’ भनिन्छ। मुखमा ब्याक्टेरियाको मात्रा वृद्धि भएर मुखबाट दुर्गन्ध आउने हुन्छ।
यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुन्छ। मुख गन्हाउनुको मुख्य कारण दाँतको उचित सरसफाइ नहुनु नै हो। मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो।
जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गरेको छ। जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत गन्हाउने समस्या कम हुन्छ।
मुखको सरसफाइबाहेक कहिलेकाहीँ गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, मुखमा घाउ हुँदा, गलत रूपले दाँत भर्दा, लसुन–प्याज आदि खाँदा, लामो समयसम्म औषधि सेवन गर्दा र जटिल रोग मुख गनाउने कारक हो।
कसैकसैमा घाँटीको संक्रमणले गर्दासमेत मुख गन्हाउँछ। ८० प्रतिशतसम्म मुख गन्हाउने कारण दाँतको बीच खाना अड्किएर कुहिनु हो। तनावका कारण पनि मुख गन्हाउछ। तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ यसैले प्रशस्त पानी र फल खानुपर्छ।
मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा मुखमा र्यालको प्रवाह कायम हुने र मुख गन्हाउने समस्या कम हुने हो। मधुमेह, पिनास र मिर्गौला, फोक्सो, कलेजोका समस्याले पनि मुख गन्हाउन सक्छ।
राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउनु सामान्य हो। यो गन्ध ब्रस गर्दा जान्छ। दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्न नसके पानीले राम्ररी कुल्ला गर्नुपर्छ। ल्वाङ, सुकुमेल, सुगररहित चुइँगम मुखमा हाल्नुपर्छ।
मुखको राम्ररी सफाइ गर्दा रोग र गन्ध उत्पन्न गर्ने जीवाणु नष्ट हुन्छ। तर यदि समस्या जटिल वा सामान्य सरसफाइले समेत निको नभए दन्त चिकित्सककहाँ जानुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights