किन फुल्छ कपाल?

उमेर बढ्दै जाँदा कपाल कालो बनाउने तत्त्व ‘मेलानिन पिगमेन्ट’ कम हुँदै जान्छ। यसकारण कपाल फुल्छ वा सेतो हुने गर्दछ।
बाबुआमा वा परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा फुलेको छ भने बालबालिकाको कपाल पनि सानै उमेरमा सेतो हुने समस्या आउन सक्छ।
डिप्रेसन, मलेरियाका तथा एन्टिबायोटिक औषधि लामो समयसम्म सेवन गरिरहेका मानिसमा साइडइफेक्टका कारण कपाल चाँडै फुल्छ।
शरीरमा प्रोटिन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्त्वको कमी भएको छ भने कालो बनाउने तत्त्व मेलानिन पिगमेन्ट कम बन्छ र कपाल सेतो हुन्छ।
शेम्पु, कन्डिसनर, कपालमा लगाउने विभिन्न प्रकारका रङ्ग र कपालमा लगाउने अन्य प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्छ।
सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स, डिप्रेसन र धेरै तनाव लिने व्यक्तिमा कपाल सेतो हुने समस्या देखिने गर्छ।
कपाल खुल्ला छोडेर हिँड्दा धूलो, धूवा कपालमा बस्ने वा टासिने हुँदा कपाल फुल्छ।
जंक फूड र धेरै तारेको, भुटेको, डढेको खाने कुराले कपाल छिट्टै फुल्ने वा सेतो हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights