गर्मीमा सरुवा रोगबाट बच्न…

गर्मीमा सरुवा रोगबाट बच्न…

गर्मी महिना छ। स्वास्थ्यमा थोरै पनि हेलचेक्र्याइँ गर्दा पनि विभिन्न किसिमका सरुवा लाग्नसक्ने सम्भावना हुन्छ। ती रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ–

टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने।

साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने बानी गर्नुपर्छ।

सँधै उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ। बासी खानेकुरा खानु हुँदैन।

घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ।

बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन।

फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ।

काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन। खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ।

फलफूललाई सफा पानीले पखालेर मात्र खाने गर्नुपर्छ। सकेसम्म ताजा खाना खाने गर्नुपर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार