मञ्जनको अधिक मात्राले हानि गर्न सक्छ बच्चाको दाँतलाई

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ।
बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ।
अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टूथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ।
साना बच्चाका लागि टूथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टूथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।
अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।
दन्तचिकित्सकका अनुसार दिनको दुईचोटि दाँत माझ्नु जरूरी छ। पहिलो दाँत आउनेबित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ । ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रस गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights