गर्मीयाममा स्वस्थ्य रहन यस्ताे गर्नुस्

गर्मीमा स्वास्थ्यप्रति सचेत हुन सकिएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्छ। मौसम अनुसारको आहार र व्यवहार भएन भने गर्मी र वर्षाको समय कष्टकर हुनसक्छ।
गर्मीयाममा स्वस्थ्य रहन के गर्ने?
गर्मीयाममा बिहान सबेरै उठेर व्यायाम गर्ने, पैदल हिँड्नेजस्ता काम गरे शरीर फुर्तिलो हुन्छ। हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागि ‘सनग्लास’को प्रयोग गर्ने, छालाको सुरक्षार्थ सनस्क्रिन क्रिम प्रयोग गर्न सकिन्छ। घाममा छाता ओडेर हिँड्ने, प्रशस्त पानी पिउने गर्नुपर्छ।
राति सुत्दा लामखुट्टे, उडुस, उपियाँ, भुसुना आदिले टोक्दा एकातिर निद्रा पुग्दैन अर्कातिर मलेरिया, इन्सेफ्लाईटिस जस्ता रोग पनि लाग्नसक्छ। यसबाट बच्न झुल लगाएर सुत्नु सबैभन्दा उत्तम उपाय हो।
अथवा झ्यालढोकामा जाली राखेर यसबाट बच्न सकिन्छ। घरवरिपरि रहेका पानीका खाल्डा, फोहोर, गाईबस्तुको गोबर र कीरा फट्याङ्ग्रा उत्पन्न हुने स्रोत सफा गरेर चुना छरे पनि यस्ता कीराहरूबाट बच्न सकिन्छ।
वर्षाको मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्छ। यसो गर्दा गर्मीको मौसममा शारीरिक समस्या वा जटिलताबाट राहत मिल्छ। गर्मी भयाे भन्दैमा गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल आदि खानु उचित हाेइन। चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा र अरुवेला सकेसम्म नखानु राम्रो हुन्छ।
खरबुजा, काँक्रो मेवा, उखु वा नरिवलको रस, गर्मीका उत्तम फल मानिन्छन्। पोटासियमको मात्रा उच्च भएकाले उच्च रक्तचाप र मुटुका लागि पनि नरिवलपानी उपयोगी मानिएको छ।
गर्मी याममा नरिवलको पानी पिउनाले डिहाइड्रेसको समस्या नहुने , कलेजो, मिर्गौला पाचनप्रणाली र उच्च रक्तचाप, मधुमेहमा पनि उत्तम मानिन्छ।
दही, मोही वा लस्सी, ताजा कागतीको रस मिसाएको पानी , बेलको सर्बत आदि पनि उत्तिकै उपयोगी छन्। त्यस्तै टमाटर, मूला, काँक्रो, गाजर मिलाइएको सलाद, झोलयुक्त रसदार खानेकुरा खानुपर्छ। पुदिनाको चटनी, अदुवा, पनि गर्मीका लागि उचित खानेकुरा हुन्।
पानी उमालेर पिउने गर्दा पनि गर्मीयामका ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ। झाडाबान्ता, आउँ, जण्डिस हेपाटाइटिस, टाइफाइड, जुका, मलेरिया फैलिने हुनाले रोकथामका लागि उमालेर सेलाएको पानी अत्यन्त लाभदायक हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights