गर्मीमा दही : शीतलता प्रदान गर्नेदेखि स्वास्थ्यवर्धक पनि

गर्मीको मौसम शुरु भइसकेको छ। गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खानेकुराआवश्यक पर्छ। गर्मीमा चिसो दही खाँदै शीतलताअनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। दही सेवनले स्वास्थ्यमा समेत धेरै फाइदा पुर्याउँछ।
पेटसम्बन्धी समस्या भएकाका लागि दही अत्यन्त उपयोगी मानिन्छ। भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरे फाइदा पुग्छ।
दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेटसम्बन्धी रोगबाट छुटकारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्छ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्छ।
दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत र नङलाई पनि बलियो बनाउँछ।
निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खाँदा फाइदा पुग्छ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights