शरीरकाे प्रतिरक्षा बढाउन नियमित खानुस् खानेकुरा

शरीरकाे प्रतिरक्षा बढाउन नियमित खानुस् खानेकुरा

शरीरको प्रतिरक्षा प्रणाली कमजोर भयो भने मानिसलाई सामान्यदेखि गम्भीर रोगले समाउन सक्छ। त्यसैले प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। शरीरको प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुरा–

रसयुक्त फलफूल

रसयुक्तफलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक खानामा समावेश गर्नुपर्छ।

पहेंँला तरकारी तथा फलफूल

पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।

ब्रोकाउली

ब्रोकाउली भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामिन ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।

बेसार

बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्त्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन।

अदुवा

अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पुर्याउँछ। यसकारण यसको नियमित सेवनले रोगसँग लड्ने क्षमता बढाउँछ।

पालुंगो

पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्त्व हुन्छ। यी तत्त्वहरूले शरीरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्।

बदाम

आल्मोन्ड अर्थात् बदाममा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्त्व मानिन्छ। यसका साथै आल्मोन्डमा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना आल्मोन्डले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।

मेवा

मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्त्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ।

सामुद्रिक खानाहरू

सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। यसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशील बनाउन मद्दत गर्छन्।

थप समाचार