साताभर निन्द्रा मारेर एकदिन धेरै सुत्नुहुन्छ? क्यान्सर हाेला!

निन्द्रा मारेर हप्ताभरि मेहनत गर्ने र सप्ताहान्तमा दिनभरि सुत्ने मानिसको स्वास्थ्य बिग्रिने एक अध्ध्यनले देखाएको छ। सप्ताहान्तमा दिनभरि सुत्दा थकान त हट्छ तर स्वास्थ्य पनि खराब हुन्छ ।
करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, सप्ताहान्तमा धेरै आराम गर्दा पनि हप्ताभर गुमेको निद्राको पूर्ति गर्न सकिँदैन। सप्ताहान्तमा सुत्दा थोरै समयका लागि मात्र राम्रो अनुभव हुन्छ र फेरि थकाइ लाग्न थाल्छ।
अध्ययनमा संलग्न डा. गोल्डस्टीनका अनुसार, लामो समयसम्म नसुत्दा शरीरका हर्मोनहरूमा असर पर्छ। राति ९ बजेपछि शरीरमा मेलाटोनिन नामक हर्मोन निस्कन्छ जसले गर्दा निद्रा लाग्छ। बिहान सबेरै यो हर्मोन निस्कन बन्द हुन्छ। तर राति ढिलोसम्म जाग्दा शरीरको प्रक्रिया बिग्रिन्छ।
यस्तो दिनचर्या हुँदा तपाईंलाई राति ढिलोसम्म निद्रा लाग्दैन र बिहान पनि छिट्टै निद्रा भंग हुन्छ। हप्ताभरि कम सुत्ने मानिसमा क्यान्सरको समस्या बढिरहेको र समयअगावै मृत्यु हुने खतरा रहन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights