नखानुस् टुसा उम्रेको र हरियो आलु

यदि फल्ने क्रममा आलु माटोबाट बाहिर निस्कियो भने सूर्यको किरण त्यसमा सिधै पर्छ। यसले आलुमा सोलनिन लेभल बढ्छ र हरियो हुन्छ।
बारीमा खनिसकेको वा खरिद गरेर घरमा ल्याएको आलुलाई घामको किरण सिधै नपर्ने तथा चिसो स्थानमा राख्नुपर्छ। यसो गरेमा आलु लामो समयसम्म सुरक्षित रहन्छ।
आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ। आलुमा क्लोरोफिल र सोलनिन नामक एसिडको मात्रा बढी छ भने यसको सेवन गर्नाले उल्टी, डायरिया, टाउको दुख्ने वा क्यान्सरसम्म हुन सक्छ।
नखानुस् टुसा उम्रिएको
टुसा उम्रिएको आलु खान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। टुसा उम्रिएको आलुमा सोलनिन र ग्लाइकोलोकाल्ड्स नामक एसिड परिवर्तन हुन्छ। जुन स्नायु प्रणालीको लागि धेरै हानीकारक हुन्छ। त्यसैले टुसा उम्रिएको आलु खेतमा रोप्न त उपयुक्त हुन्छ तर, खान राम्राे हुँदैन ।
चाउरी परेको आलु पनि नखानुस्
आलु धेरै समय भण्डार गरेर राख्दा चाउरी पर्छ। यस्तो त्यतिखेर हुन्छ जब आलु धेरै दिनसम्म राखिएको हुन्छ। चाउरी परेको आलु खान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ किनभने यसको सेवनले शरीरमा टक्सिन फैलिन थाल्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights