यसकारण हानिकारक छ मदिरा सेवन मानव स्वास्थ्यका लागि

कतिपय समाजमा मदिरालाई सभ्यताका रूपमा लिने चलन छ। बढ्दो आधुनिकतासँगै यो जमघट आदिमा नभई नहुने पेय पदार्थ भएको छ। मदिरा पिउनुलाई अचेल शाान मान र आदिसँग दाँजेर हेर्ने चलन पनि बढ्दो छ।
यसाे गरिरहँदा यसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई पार्ने असरबारे साेचेका हुँदैनन् वा साेचेर पनि बुझ पचाएका हुन्छन्। तर मदिराले न त मानिसको स्वास्थ्यलाई फाइदा गर्छ न त समाजलाई नै।
विश्व स्वास्थ्य संगठनको अनुसन्धान प्रतिवेदनअनुसार प्रत्येक १० सेकेण्डमा एकजना र प्रत्येक वर्ष ३३ लाख मानिसले अत्यधिक मदिरा सेवनको कारण ज्यान गुमाउँछन्।
यो विश्वको वार्षिक मृत्युको ५९ प्रतिशत हो । विश्वमा लाग्ने रोगमध्ये ५.१ प्रतिशत रोग मदिराको कारण हुन्छ।
अनुसन्धानका अनुसार २० देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुने गरेको छ।
एक वर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औसत २१.२ लिटर र महिलाले औसत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन्। रुसका पुरुषहरूले औसत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन् २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ।
मदिराको असर
मानिसले जति अव्यवस्थित र नियमित मदिराको सेवन गर्दै जान्छ त्यति नै मस्तिष्कमा पनि नकरात्मक असर पर्दै जान्छ। रगतमा रहेको मदिराको मात्राअनुसार मस्तिष्कमा असर पर्छ।
अत्यधिक मदिरा सेवनले मानिसमा मानसिक विचलन, चोटपटक र विचार आदान प्रदान गर्न नसक्नेजस्ता समस्या ल्याउँछ। मदिराको लत भएका मानिसले सजिलैसँग झुटो बोल्छन् भने अरुमा दोष थुपार्ने गर्छन्।
मदिरा सेवनले २०० भन्दा बढी रोग लाग्छ। मदिराको अत्याधिक सेवनले जण्डिस, अल्सर, टीबी, उदासीनता, चिन्ता, डर, बेहोसी, हातखुट्टा काप्नेदेखि कडाखालको मानसिक समस्या समेत हुन्छ।
मदिराको बढी सेवनले स्वंय व्यक्तिलाई त असर पार्छ नै परिवारका सदस्य, सहकर्मी र अपरिचितमा समेत नकरात्मक प्रभाव पर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights