स्वास्थ्यका लागि गुणकारी राता फलफूल तथा तरकारी

स्वास्थ्यविज्ञहरूका अनुसार हाम्रो खानामा रंगीन सब्जी तथा फलफूल समावेश गर्नुपर्छ। यसले विभिन्न प्रकारका पोषक तत्त्व प्राप्त हुन्छ। रातो रंगको फलफूल तथा तरकारीमा धेरै मात्रामा एन्टिअक्सिडन्ट हुन्छ। जसमा लाइकोपिन, एन्थोक्यानिन्स हुन्छ, जसले मस्तिष्कका बिरामी तथा प्रोस्टेट क्यान्सरको खतरामा कमी ल्याउँछ।
रातो रंगको फलफूल र तरकारीको प्रयोगले मधुमेह, हाइ कोलेस्ट्राेलको जस्ता रोगबाट छुटकारा पाउन सकिन्छ। फलफूल र तरकारीको रंग जति गाडा हुन्छ त्यति नै बढी मिनरल्स, भिटामिन, तथा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ।
अनार
एक कप अनारको दानाबाट, ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, दैनिक आवश्यकताको ३० प्रतिशत भिटामिन सी, ३६ प्रतिशत भिटामिन के, १६ प्रतिशत चिल्लो पदार्थ, १२ प्रतिशत पोटासियम पाइन्छ।
टमाटर
यसमा लाइकोपीन, भिटामिन सीर पोटासियम प्रसस्त मात्रामा पाइन्छ। टमाटरमा लगभग ८५ प्रतिशत लाइकोपिन पाइन्छ। यसको प्रयोगले प्रोस्टेट क्यान्सर , एसोफेगस क्यान्सर, र कोलन क्यान्सरमा फाइदा मिल्छ।
चुकन्दर
सागसब्जीमा सबै भन्दा धेरै एन्टिअक्सिडेन्ट चुकन्दरमा पाइन्छ। यसमा पोटासियम फाएबर, भिटामिन सी, नाइट्रेटको महत्त्वपूर्ण स्रोत हो। चुकुन्दर जुस ब्लडप्रेसर, ब्लड फ्लोमा इम्युनिटीको लागि फाइदाजनक हुन्छ। यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन के प्रशस्त मात्रामा पाइन्छ।
प्याज
प्याजमा आर्गेनोसल्फर पाइन्छ, जसले इम्युन सिस्टमलाई दुरुस्त गर्छ। कोलेस्टोलको लेभल घटाउछ र लिभरको लागि फाइदाजनक हुन्छ। यसबाहेक भाइरस र ब्याक्टेरियाबाट हुने बिरामीबाट पनि प्याजले बचाउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights