‘सेकेन्ड ह्यान्ड स्मोक’को जोखिममा नेपालसहित यी पाँच देश

एक अध्ययनका अनुसार अमेरिका, इण्डोनेसिया, जोर्डन, बङ्गलादेश र नेपालमा ५० प्रतिशत गर्भवती ‘सेकेन्ड ह्यान्ड स्मोक’ (अरूले गरेकाे धूमपान) को जोखिममा रहेको पाइन्छ।
युनिभर्सिटी अफ योर्कका अध्ययनकर्ताका समूहले ३० विकासोन्मख राष्ट्रमा गरेको अध्ययनअनुसार विश्वरभर रहेका विकासोन्मुख राष्ट्र, मुख्यतः एसियाली राष्ट्रमा बर्सेनि हजारौँको संख्यामा मृत शिशुको जन्म हुने गरेको छ।
हालसालै गरिएको अध्ययनमा पाकिस्तानमा ४० प्रतिशत गर्भवती महिलाले सेकेन्ड ह्यान्ड स्मोकको कारण वर्षमा १७ हजार मृत शिशुलाई जन्म दिने गरेका छन्।
इन्डोनेसियामा मात्र वर्षमा १० हजार मृत शिशुको जन्म हुन्छ। पकिस्तानमा गर्भवती अवस्थामा गरेको धुम्रपानले एक प्रतिशत र अरुले धुम्रपान गरेको धुँवाले सात प्रतिशत मृत शिशुको जन्म हुने गरेको छ। ३० मध्ये पाँच देशमा खाना पकाउने धुवाँले चुरोटको धुवाँजतिकै असर गरेको अध्ययनकर्ताले बताएका छन्।
गर्भवती अवस्थामा चुरोटको धुँवाभन्दा खाना पकाउँदा निस्किने धुवाँले बढी हानि पुर्याउने समेत अध्ययनले देखाएको छ।
‘यो ३० विकासोन्मुख राष्ट्रमा गर्भवती अवस्थामा रहेको बेला सेकेण्ड ह्यान्ड स्मोकले हुने खराबीको बारेमा गरिएको पहिलो अध्ययन हो जसले ठूलो समस्याको बारेमा बताउँछ’, अध्ययनका ‘लिड’ अनुसन्धानकर्ता कमरान सिद्धिकी भन्छिन्, ‘गर्भवती महिलालाई धुवाँबाट टाढा राख्नु आमा र शिशुको स्वास्थ्यका लागि महत्त्वपूर्ण कदम हुन्छ।’
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights