प्राेटिनकाे कमीले के के हुन्छ शरीरमा?

शरीरका लागि आवश्यक पोषण तत्त्वहरूमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पर्छन्।
शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ पातलो हुने समस्या देखिन्छ। प्रोटिनको कमीकै कैयौँलाई पटक पटक भोक लाग्ने समस्या आउँछ। यसको कमी भएमा व्यक्ति बारम्बार बिरामी समेत पर्न सक्छ।
कैयौँको मानसिक स्थितिमा समेत नकारात्मक असर पर्छ। तनाव, डिप्रेसन, चिडचिडापन लगायतको लक्षण देखा पर्छ।
प्रोटिनको कमी भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ भने घाउ पुरिन तथा रोग निको हुन समेत समय लाग्छ।
यसको कमीकै कारण शरीरमा पर्याप्त मात्रामा एन्जाइमको निर्माण हुँदैन, जसका कारण पाचन प्रणाली समेत प्रभावित हुन्छ।
शरीरमा प्रोटिनको कमी भएमा रगतमा सुगरको मात्रा कम हुन्छ, जसका कारण रिस उठ्ने र तनाव उत्पन्न हुने गर्दछ।
शरीरमा प्रोटिनको कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। यसका कारण बारम्बार बिरामी पर्नुका साथैजीउ दुख्ने समस्या देखा पर्छ ।
शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्छ। जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउनसक्छ, जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नीमा समस्या पर्छ।
प्रोटिन कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोबिन कमी हुन्छ। रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोबिन कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ।
प्रोटिनको कमीका कारण सुन्दरतामा ह्रास आउँछ। प्रोटिनको कमीले कपाल झर्ने, टुक्रिने तथा नङ भाँचिनेजस्ता समस्या समेत निम्तिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights