स्किन केयर क्रिम लगाउनुस् तर आगोबाट बच्नुस्

छाला मुलायम बनाउने ‘क्रिम’ लगाएका मानिस आगोबाट अलि बढी सचेत हुनुपर्ने देखिएको छ। एक अध्ययनका अनुसार छाला मुलायम बनाउने ‘क्रिम’ लगाएपछि लगाउने व्यक्तिको छालामा ‘फेब्रिक’ उत्पादन हुन्छ जसले गर्दा त्यस्ता व्यक्तिको शरीरमा आगो फैलिने सम्भावना धेरै हुन्छ।
‘मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी’लाई ‘यूके फायर एन्ड रेस्क्यु सर्भिस’ले दिएको जानकारी अनुसार यो कारणबाट ५० जनाको मृत्यु भइसकेको छ।
‘प्रोप्राइटरी एसोसिएसन अफ ग्रेट ब्रिटेन’का जाेन स्मिथका अनुसार, यस किसिमको क्रिम सुख्खा छालाको लागि महत्त्वपूर्ण त हुन्छ तर आगोबाट हुने खतराको बारेमा पनि जानकारी हुनैपर्छ।
क्रिम प्रयोग गर्दा हामीले बारम्बार लगाएको लुगामा आगोले अरु लुगाभन्दा चाँडो समाउँछ। यसकारण क्रिम लगाएका व्यक्ति आगोबाट टाढा रहनु नै उचित हुन्छ।
क्रिम लगाउन बन्द नगरे पनि यसबाट हुने खतराको जानकारी भने हुन जरुरी छ। यसअघि ५० प्रतिशत ‘प्याराफिन’ भएको क्रिमले यस्तो हुन्छ भन्ने थियो तर अहिलेको अनुसन्धानले प्याराफिन नभएको क्रिममा पनि यस्तो खतरा हुने उल्लेख गरेको छ।
सन् २००६ मा फिलिप हो नाम गरेको एक व्यक्तिले क्रिम प्रयोग गरेपछि चुरोट सल्काउने क्रममा आगो लागेर उनको मृत्यु पनि भएको हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights