के हाे ‘स्कोलियोसिस’?

‘स्कोलियोसिस’ हड्डीसम्बन्धी रोग हो। यसले मेरुदण्डमा असर गर्छ। स्कोलियोसिसमा मेरुदण्ड एकातिर झुकेको जस्तो देखिन्छ। विश्वभर लाखौंँ व्यक्ति स्कोलियोसिसबाट ग्रसित छन्। यो रोग बालबालिकादेखि वृद्धवृद्धालाई समेत हुनसक्छ।
कारण
स्कोलियोसिस विभिन्न कारणले हुन्छ। वशांणुगत र वातावरणीय स्कोलियोसिस हुने मुख्य दुई कारण हुन्। वशांणुगतमा जन्मजात नै बालबालिकाको मेरुदण्ड बांगिएर आएको हुन्छ भने बाहिरी चोटपटकको कारण पनि मेरुदण्ड बांगिन्छ, यसलाई वातावरणीय मान्न सकिन्छ। इन्फेक्सन, क्षयरोग, ट्युमर जस्ता संक्रमणले पनि मेरुदण्डमा समस्या आउँछ। बुढेसकालमा हड्डी खिइएर पनि ‘स्कोलियोसिस’ हुनसक्छ।
निदान
स्कोलियोसिस भएको व्यक्तिमा ढाड दुख्ने समस्या हुन्छ। कतिपय व्यक्ति लडेकf कारण दुख्ने समस्या लिएर पनि अस्पताल जाने गर्छन्। चोटपटकको कारण उनीहरूमा मेरुदण्ड बांगिएको समस्या भएको हुन्छ। जन्मजात बालबालिकामा यो रोग भए पनि बालक हुँदा थाहा हुँदैन।
विस्तारै उमेर बढ्दै जाँदा पछाडिबाट हेर्दा ढाड एकापट्टि झुकेको देखिन्छ। यस्तो हुँदा एकातिरको काँध अर्कोतिरको भन्दा ठूलो हुन्छ। एकातिरको कम्मरको भाग अर्कोतिरको कम्मरको आकार बराबर हुँदैन। यो रोग लागेपछि भारी काम गर्दा कम्मर वा ढाड दुख्ने पनि हुन्छ।
उपचार
मेरुदण्ड जन्मजात वा अन्य के कारणले बांगिएको हो त्यस आधारमा स्कोलियोसिसको उपचार हुन्छ। स्कोलियोसिसका बिरामीमध्ये ९० प्रतिशतको उपचार सामान्य पद्धतिबाट सम्भव हुन्छ। मेरुदण्ड बढी झुकेको, हड्डी विकासको समय र महिनावारी हुने अवस्थामा शल्यक्रिया गर्नु हुँदैन। बिरामी वयस्क भएको खण्डमा अवस्था हेरेर शल्यक्रिया गर्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights