पर्याप्त समय सुत्नुस् , नत्र देखिएलान् यी समस्या

स्वस्थ्य जीवनका लागि हावा, पानी र खाना जति अत्यावश्यक छ, त्यति नै आवश्यक छ निन्द्रा। निन्द्राको माध्यमबाट रातको समय शरीरले विश्राम गर्ने हो।
दैनिक सातदेखि आठ घण्टासम्म मस्त सुत्नुपर्ने बताइन्छ तर विभिन्न कारणले मानिस निदाउन सक्दैनन्। यसमा शारीरिक तथा मानसिक कारणले भूमिका खेल्छन्। जब हामी शारीरिक वा मानसिक रूपले रोगी हुन्छौँ, हाम्रो निन्द्रा भाग्छ। तर स्वस्थ्य जीवनका लागि निन्द्रा अपरिहार्य हुन्छ।
मानव मनमस्तिष्कलाई ताजा राख्न पनि पर्याप्त निद्रा आवश्यक पर्छ। गहिरो निद्रामा हुँदा हाम्रो शरीरले विषाक्त पदार्थहरुलाई सफा गर्छ।
राम्राे निन्द्रा नपर्दा शरीरमा यस्ता समस्या देखिन्छन्–
आँखामुनि कालो घेरा
राम्रो निन्द्रा नपर्दा हाम्रो छालाले पनि संकेत दिन्छ। राम्ररी नसुत्दा यसको पहिलो असर छालामा नै देखिन्छ। आँखामुनि कालो घेराले निन्द्रा पूरा नभएको संकेत दिन्छ।
दिनभर थकान
राति राम्ररी राम्रो निन्द्रा परेन भने शरीरमा थकान पैदा गर्ने केमिकलको उत्पादन बढ्छ। शरीरको अंग शिथिल भएको महसुस हुन्छ। दिनभर नै थकाइ लाग्छ। बारम्बार हाई हाई आउँछ । आँखा दुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, काम गर्न मन नलाग्ने जस्ता थुप्रै समस्याआउँछन्।
मानसिक असन्तुलन
निद्रा राम्रो परेन भने हाम्रो मानसिक अवस्थामा असर गर्छ । लगातार धेरै दिनसम्म यस्तो भयो भने ‘मुड डिसअर्डर’ को शिकार हुने खतरा हुन्छ। जब हामी सुत्छौँ, त्यतिबेला हामी आफ्नो भावनात्मक सूचनाहरुलाई प्रशाेधन गरिरहेका हुन्छौँ । यी सूचनाहरू स्मरणका रूप हाम्रो मस्तिष्कमा ‘स्टोर’ हुन्छन्।
निन्द्रा पूरा नभएको अवस्थामा यो प्रक्रिया गडबड हुन्छ र मुड डिस्अर्डर तथा अन्य भावनात्मक समस्याले सताउँछ।
स्मरणशक्ति ह्रास
धेरै अनुसन्धानबाट पुष्टि भइसकेको छ कि निद्रा पुरा नहुँदा हाम्रो स्मरणशक्ति कमजोर हुन्छ । गहिरो निन्द्रामा रहेको बेला दिमागले आफूलाई ‘रि–सेट’ गर्छ । निन्द्रा पुरा नहुँदा दिमागको यो प्रक्रियामा बाधा पुग्छ। निन्द्राको कमीले तन्तुहरुमा क्षति पुग्छ र तिनीहरूकाे कार्यक्षमता प्रभावित हुन्छ। यसले अन्तत: हाम्रो स्मरणशक्तिलाई हानि पुर्याउँछ। लामो समयसम्म भरपूर निद्रा लिइएको छैन भने अल्जाइमर जस्तो समस्या पनि आउन सक्छ।
बढ्न सक्छ मोटोपना
राति अबेरसम्म निद्रा लागेन भने बिहान समयमा उठ्न सकिँदैन । यस्तो अवस्थामा खानपानको तालिका प्रभावित बन्छ। निन्द्रा पूरा नभएको बेलामा हाई क्यालोरीको खानेकुरा खान मन लाग्छ। बिहान ढिला उठ्ने व्यक्तिहरूले बिहानै करिब ६७० क्यालोरीभन्दा बढी खाने अध्ययनहरूले देखाएका छन्। निद्राको कमीले गर्दा शरीरको वजनलाई नियन्त्रण गर्ने लेप्टिन नामक हार्मोनकाे स्तर कम हुन्छ र मोटोपना तीव्र रूपमा बढ्छ ।
हृदयाघातकाे सम्भावना
पर्याप्त रूपमा आराम नमिले शरीरमा खराब कोलस्ट्रोलको मात्रा बढ्छ। यसले गर्दा उच्च रक्तचापको समस्या उत्पन्न हुनसक्छ। पछि हार्ट अट्याक, हार्ट फेलियर र अनियमित धड्कनको खतरा पनि उत्पन्न हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights