ज्वरो नदेखिई पनि हुनसक्छ डेंगु

सामान्यत डेंगु संक्रमित व्यक्ति ज्वरोबाट ग्रसित हुने र शरीरमा भयानक दुखाइ हुनेलगायत लक्षण देखिन्छ। तर मधुमेहको बिरामी, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक शक्ति कम भएको मानिसलाई ज्वरो बिना पनि डेंगु हुन सक्छ।
यस्तो व्यक्तिलाई ज्वरो नआए पनि डेंगुको अरु लक्षण भने देखिन्छ तर थोरै मात्रै। भारतस्थित एम्स मे डिपार्टमेन्ट अफ मेडिसिनका चिकित्सक डा.आशुतोष विश्वास भन्छन्, ‘यस्तो किसिमको डेंगु खतरनाक हुन्छ। किनभने यो बेलामा बिरामीलाई डेंगुबाट संक्रमित भएको थाहा हुँदैन।’
यस्तो किसिमको डेंगुमा थोरै मात्र संक्रमण देखिन्छ। ज्वरो, शरीरमा दुखाइ जस्ता समस्या नदेखिने भएकोले बिरामीलाई सामान्य भाइरल भएको जस्तो लाग्छ तर, स्वास्थ्य जाँच गरेपछि मात्र शरीरमा ‘प्लाटिलेटेस्’, ‘ह्वाइट र रेड सेल’को कमी भएको थाहा हुन्छ।
यस्ता व्यक्तिलाई हुन्छ, बिना ज्वरो हुने डेंगुको खतरा
वृद्धवृद्धा र साना बालबालिका,
रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्ति,
मधुमेहका बिरामी,
क्यान्सरका बिरामी,
र अंग प्रत्याराेपण गरिएका व्यक्ति।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights