स्तन क्यान्सर पत्ता लगाउने प्रविधि ‘म्यामोग्राम’

म्यामो भनेको स्तन। ग्राम भनेको जाँच। ‘म्यामोग्राम’ स्तनमा क्यान्सर छ कि छैन भनेर जाँच्ने प्रविधि हो। यो स्तनको एक प्रकारको एक्सरे गर्ने प्रविधि हो।
हरेक महिलाले म्यामोग्राम गर्नु पदैन तर उमेर पुगेका महिलाले यो जाँच गर्नुपर्छ। ‘अमेरिकन गाइडलाइन्स’ ले ४० वर्ष पुगेपछि गर्नुपर्छ भनेको छ। ४५ देखि ५४ सम्मकाले सके वर्षमा एक अथवा दुई वर्षमा एकपल्ट।
तर त्यसो भन्दैमा सबैले ४० वर्ष नै कुर्नुपर्छ भन्ने होइन। ‘हाइ रिस्क फिमेल’ जस्तै अविवाहित, विवाह गरेर बच्चा नभएका, बच्चालाई स्तनपान नगराएका, मोटा, चाँडै महिनावारी शुरु भएका र धुम्रपान तथा मदिरापान गर्ने महिलाहरूले अगाडि नै गराउनु पर्छ। यो ‘स्क्रिनिङ्ग टेस्ट’ हो। धेरै अस्पतालमा उपलब्ध छ। त्यति महँगो पनि छैन।
अगाडि नै रोग पत्ता लगाउन र स्तन क्यान्सरको बिरामी भइसकेकोले प्रत्येक वर्ष जाँच गराउनु राम्रो हुन्छ। स्तनमा आएका सबै गाँठागुँठी क्यान्सर नभएर ९२–९३ प्रतिशत ट्युमर हुन्छ। यसले कुनै हानि गर्दैन। ‘लो इनर्जी रेडिएसन भएको हुनाले यो खराब हुँदैन।
स्तन र पाठेङर क्यान्सरमा ५–१० प्रतिशत वंशाणुगत हुन सक्छ। चाँडै पत्ता लागे पूर्ण निको हुने भएकोले यी रोग मृत्युकाे कारण बन्नु हुँदैन।
क्यान्सरराेग विशेषज्ञ डा. आरपी बरालसँगकाे कुराकानीमा अाधारित
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights