गाँजा सेवन किशोरकिशोरीका लागि रक्सीभन्दा घातक

किशोरावस्था भनेको दिमाग विकास हुने बेला हाे। कतिपय किशाेरकिशाेरीहरू याे समयमा गाँजाकाे लतमा फसेका हुन्छन्। यो समयमा गाँजाजस्ता लागूपदार्थले दिमागमा दीर्घकालीन क्षति पुग्ने एक क्यानेडियन अध्ययनले देखाएकाे छ।
‘अमेरिकन जर्नल अफ साइकियाट्री’मा प्रकाशित याे अध्ययनमा गाँजाले प्रयोगकर्ताको सोचाइ शक्ति र व्यवहारमा रक्सीभन्दा बढी असर गर्ने गरेको देखिएको हाे। ‘युनिभर्सिटी अफ मोन्ट्रियल’ ले चार वर्षभन्दा बढी लगाएर गरेको परीक्षणमा १३ वर्ष उमेरदेखिका तीन हजार८०० किशोरकिशोरीलार्इ सहभागी गराइएकाे थियाे। याे अध्ययनले गाँजाको प्रयोगले रक्सीभन्दा दीर्घकालीन हुने र यसले बेग्लै किसिमको समस्या आउने देखिएको छ।
अनुसन्धानका क्रममा ३१ फरक क्यानेडियन स्कुलका विद्यार्थीले आफूले प्रयोग गरेका ‘ड्रग्स’ र रक्सीबारेमा विवरण दिए र उनीहरूलाई कम्प्युटरमा संज्ञानात्मक परीक्षा पनि दिन लगाइयो। डिपार्टमेन्ट अफ साकियाट्रीकी लिड स्टडी अथर प्रो. प्याट्रिसिया जे कन्रोडले गाँजा र भाङले रक्सीभन्दा कम असर गर्ला भन्ने नतिजाको अपेक्षा राखे पनि परिणाम उल्टो देखिएको बताइन्।
यसकाे असर सोच्ने क्षमता, तर्क दिने क्षमता र व्यवहार नियन्त्रण गर्ने क्षमतामा देखिएको उनकाे भनाइ छ। ‘किशाेरावस्थामा दिमाग विकासको क्रममा रहन्छ र गाँजाको प्रयाेगले त्यसमा असर पुर्याउँछ’, प्रो. कन्रोडले भनिन्।
bbc.com
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै