दिनमा कति पिउने पानी?

मानिसहरू प्रायः तिर्खा लाग्दा मात्र पानी पिउने गर्छन्। सँधै एकै समय (जस्तै : खाना खाएपछि), गर्मी मौसममा वा कुनै काम गरेपछि तिर्खा लाग्दा मात्र पानी पिउनु उचित होइन। त्यसोभए हरेक दिन कति दिन पिउनु पर्छ त?
हाम्रो शरीरमा ५५–६० प्रतिशत भाग पानी हुन्छ। हामीलाई आवश्यक पर्ने तरल पदार्थको २० प्रतिशत हिस्सा खानाबाट प्राप्त हुन्छ। कुनै कुनै खाद्यपदार्थमा त ९० प्रतिशतसम्म पानी हुन्छ। दूध, दही, फल, धेरै हरियो तरकारी, खरबुजा, बीट, बन्दागोभी, सलाद र पालुङ्गो आदिबाट धेरै मानिसको शरीरलाई चाहिने पानी प्राप्त हुन्छ।
स्याउ, अङ्गुर, सुन्तला र अनारमा पनि ८० देखि ९० प्रतिशत पानी हुन्छ। सुकेको फल, बिउ र नट आदिमा पनि एकदेखि नौ प्रतिशतसम्म पानी पनि हुन्छ।
सामान्य मानिसका लागि न्यूनतम दुई लिटर पानी आवश्यक पर्छ। बेलायतमा नेसनल हेल्थ सर्भिसले निजर्लीकरणबाट बच्नका लागि आफ्ना नागिरकलाई दिनको १.२ लिटर पानी पिउन सुझाव दिएको छ। यता अमेरिका नेसनल एकेडेमी अफ साइन्सेज, इन्जिनियरिङ एन्ड मेडिसिनले पुरूषलाई ३.७ र महिलालाई २.७ लिटर पानी पिउन सल्लाह दिएको छ।
भारतमा इन्डियन काउन्सिल ऑफ मेडिकलकाे अनुसन्धानअनुसार एक सामान्य स्वस्थ व्यक्तिलार्इ दिनमा आठ ग्लास (दुर्इ लिटर) पानी अावश्यक पर्छ। त्यसैले सामान्यतया दिनमा दुर्इ लिटरभन्दा अधिक पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
चिया, दूध, दही र खानाले पनि मानिसलाई निर्जलीकरणबाट बचाउँछ। तर पानीको विकल्पमा अन्य पदार्थ हाेइन स्वच्छ पानी नै पिउनुपर्छ। पानीकाे विकल्पमा फलफूलकाे ताजा रस पिउन नसकिने हाेइन। ताजा फलको रसमा भिटामिन, खनिज र अन्य पोषक हुन्छन्।
पानीको विकल्पमा बजारमा बनेका विभिन्न प्रकारका जुस र अन्य पेय पदार्थलाई लिनुहुन्न। किनभने तिनमा धेरै मात्रामा चिनी र क्यालोरीहरू छन्। विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा २५ ग्रामभन्दा बढी चिनी खानु हुँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights