यसकारण नपिउनुस् ‘इनर्जी ड्रिङ्क’
साना नानीहरूका लागि त झन् हानिकारक

कतिपय मानिस शक्ति पाइने विश्वासमा रेड बुल जस्ता ‘इनर्जी ड्रिङ्क’ पिउँछन्। कतिपय त आफू नखाने भए पनि छोराछोरीको ढिपी टार्न नसकेर उनीहरूलाई यस्तो ड्रिङ्क किनिदिन्छन्।
यस्ता पेय पदार्थले शक्ति दिन्छ भन्ने विज्ञापन एकदम गलत हो। यसले शरीरमा भएको शक्ति पनि खतम पार्छ। यदि यसले शक्ति दिँदो हो त स्वास्थ्यकर्मीले आफ्ना बिरामीलाई पनि रेड बुल खानुस् भन्ने सल्लाह दिन्थे होला तर, उनीहरूले जहिले पनि रेडबुल र अन्य इनर्जी ड्रिङ्क खानु हुँदैन भनिरहेका हुन्छन्।
ठूला मानिसका लागि नै खराब इनर्जी ड्रिङ्क साना नानीहरूका लागि त झनै हानिकारक हुन्छन्। यसमा चिनीको मात्रा एकदम धेरै हुन्छ र यसका कारण हड्डीमा समस्या आउँछ।
यस्तो ड्रिङ्कले मुटु खराब गराउँछ। यिनमा अल्काेहल पनि मिसाइएको हुन्छ। यस्तो पेय पदार्थ पिएपछि शरीरमा पानीको मात्रा कम हुन गई बेहोशी पनि हुनसक्ने सम्भावना हुन्छ।
यस्तो वस्तुको प्रयोगले पनि बच्चाहरू छिटोछिटो रिसाउने, नयाँ कुरा सिक्न नसक्ने र शारीरिक रूपमा कमजोर हुने हुन्छन्। हामी अाफ्ना सन्तानको जीवन अन्धकारमा बितोस् भन्ने चाहँदैनौँ भने यस्तो इनर्जी ड्रिङ्क, चिसो पदार्थ पिउन दिनु हुँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights