बढी सुत्नु हानिकारक, ६ घण्टा नै हुन्छ पर्याप्त

काठमाडौं : थकान मेट्न सुत्नु लाभदायक मानिन्छ। पर्याप्त निन्द्रा नपुगे मानिस बिरामी हुन्छ। तर कति समय सुत्ने भन्ने विषयमा मानिसहरू अनभिज्ञ छन्।
अमेरिकामा हालै प्रकाशित एक अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिको चाँडै मृत्यु हुने जनाएको छ। अमेरिकाको किले विश्वविद्यालयको सन् १९७० देखि २०१७ सम्म ३० लाख मानिसमा गरेको अध्ययनले दैनिक आठ घण्टा भन्दा अधिक सुत्ने मानिसमा हृदयाघात भई मृत्यु हुने देखाएको छ। धेरै सुत्नेलाई सुतेकै बेलामा श्वासप्रश्वासमा बाधा पुग्ने जनाइएको छ।
अध्ययनमा वैज्ञानिकहरूले सात घण्टासम्म सुत्ने मानिसभन्दा ३० प्रतिशतले बढी मानिसको मृत्यु हुने जनाइएको छ। त्यस्तै अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले पनि अधिक सुत्ने मानिसको मस्तिष्कमा अक्सिजनको कमी हुने र स्मरणशक्तिमा समेत ह्रास आउने जनाइएको छ।
त्यस्तै निद्रा पर्याप्त नभए मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ। अध्ययनले दैनिक ६ घण्टा सुत्नु पर्याप्त हुने सुझाव दिएकाे छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights