के हाे यौन तथा प्रजनन स्वास्थ्य अधिकार ?

सबै व्यक्ति वा दम्पतीहरूले यौन तथा प्रजनन स्वास्थ्यको उच्चतम मापदण्ड प्राप्त गर्न पाउने आधारभूत अधिकारको उपयोग गर्न पाउनु नै प्रजनन अधिकार हो। यो अधिकारभित्र दम्पती वा व्यक्तिले आफ्नो सन्तानको संख्या, जन्मान्तरणलगायत विषयमा स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय गर्ने अधिकार राख्छन्।
प्रजनन स्वास्थ्य अधिकारलाई सन् १९९५ को चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणापत्र र कार्ययोजनाले महिलाको मानव अधिकारभित्र अझ विस्तृत र व्यापक रूपमा परिभाषित गरेको छ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित बुँदा :
कुनै पनि महिलाको जीवन गर्भधारण, सुत्केरी र लिंगभेदका कारण जोखिम र खतरामा पर्नु हुँदैन। यो महिलाको जीवन वा बाँच्न पाउने अधिकार हो।
कुनै पनि मानिसलाई आफ्नो यौन तथा प्रजनन सम्बन्धमा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता छ। यो मानिसको व्यत्तिगत स्वतन्त्रता तथा सुरक्षको अधिकार हो। कुनै पनि मानिसलाई उसको रंग, धर्म, भाषा, जाति, लिंग, उमेर, वैवाहिक
स्थिति, शारीरिक तथा यौन प्रवृत्ति, मानसिक अवस्था, जन्म, आस्था, तथा अन्य हैसियतका आधारमा भेदभाव गरिनु हुँदैन। यो मानिसको समानता तथा सबै प्रकारका भेदभावबाट मुक्त हुने अधिकार हो।
कुनै पनि मानिसलाई यौन तथा प्रजनन जीवनसम्बन्धी स्वतन्त्रतापूर्वक निर्णय गर्र्न र ती कुरा गोपनीय राख्न पाउने अधिकार छ।
कुनै पनि मानिसलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पूर्ण जानकारी तथा शिक्षा प्राप्त गर्न पाउने अधिकार छ।
कुनै पनि मानिसलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आफ्नो मान्यता राख्न र कुनै पनि सञ्चार माध्यमबाट प्रकाशन वा प्रचार प्रसार गर्न पाउने अधिकार छ।
कुनै पनि मानिसलाई विवाह गर्ने कि नगर्ने वा कहिले र कोसँग गर्ने, परिवार बसाउने वा नबसाउने, परिवार नियोजन गर्ने कि नगर्ने वा कुन वा कहिले गर्ने भन्ने स्वनिर्णयको अधिकार छ।
आफ्नो स्वास्थ्यको हेरविचार र सुरक्षासँग सरोकार राख्ने विषयमा इज्जतपूर्वक सरलताका साथ सेवा प्रदान गर्ने हक सबैलाई हुन्छ।
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धामा भएका र उपलब्ध हुन सक्ने सबै सुरक्षित र प्रयोग गर्न सुविधाजनक वैज्ञानिक प्रविधि र साधन उपयोग गर्न पाउने हक सबैलाई हुन्छ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको स्थापना गर्न र कार्यान्वयन गर्न सरकारलाई प्रभाव पार्न र दबाब दिनका लागि भेला हुने हक सबैलाई हुन्छ।
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयहरुमा सबै व्यक्तिलाई पीडा र दुर्व्यवहारबाट मुक्त हुन पाउने हक हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights